नवनियूक्त सदस्य सचिब सिलवालले शपथ ग्रहण गरे, ‘म एक्सन बाट जवाफ दिन चाहन्छु’

केशब पाठक,
पोखरा, २३ असार । रिक्त राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबका रुपमा रमेश कुमार सिलवाललाई यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा (सुनार) ले शपथ ग्रहण गराएका छन ।

सिंहदरबार स्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा सिलवाललाई १८ औं सदस्य सचिबका रुपमा राखेपका अध्यक्ष समेत रहेका मन्त्रि विश्वकर्माले शपथ ग्रहण गराएका हुन ।

शपथ ग्रहण पछि आफ्नो प्रतिवद्धता व्यक्त गर्दै नवनियूक्त सदस्य सचिब सिलवालले आफू जागिर खान मात्रै सदस्य सचिब नभएको प्रष्ट पार्दै भनेका छन–‘जुन चुनौतीका समयमा यो पदभार ग्रहण गरेको छु त्यसलाई हनिमुन पिरियड भित्रै नतिजा दिने गरि काम गर्ने मात्रै नभई एक्शन बाट नै त्यसलाई जवाफ दिन चाहन्छु ।’

सदस्य सचिबको पद अवसर संगै चुनौतीका रुपमा लिएको बताउँदै नवनियूक्त सदस्य सचिब सिलवालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गर्न च्यालेन्जका रुपमा देखिए पनि रुटिन बनाएर त्यसलाई तोकिएको समयमानै सम्पन्न गरि छाड्ने प्रतिवद्धता जनाए ।

खेलकुदमा लागेर मैले केही पाइन भन्ने हरुलाई पनि सम्मानजनक रुपमा स्थापित गर्न र खेलकुद मार्फत राष्ट्रिय गौरवलाई माथी उठाउने गरि काम गर्ने उनको प्रतिवद्धता थियो ।

सो अबसरमा बोल्दै यूवा तथा खेलकु्द मन्त्रि जगत वहादुर विश्वकर्मा (सुनार)ले नेपाली खेलकुदमा देखिएका चुनौती र समस्याहरुलाई समाप्त पार्न नवनियूक्त सदस्य सचिब सिलवाल सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम सांसद जिवनराम श्रेष्ठले खेलकुद क्षेत्रले सफल व्यक्तित्व पाएको बताउँदै तेस्रो पटक सम्म मिती सारिएर नेपालले आयोजना गर्ने १३ औं सागको अभिभारा तोकिएको समयमा नै सम्पन्न गर्न नवनियूक्त सदस्य सचिब सिलवाल सफल हुने विश्वास ब्यक्त गरे ।

सो अवसरमा निवर्तमान सदस्य सचिब केशब कुमार विष्टले नवनियूक्त सदस्य सचिब सिलवाललाई बधाई दिंदै सिलवाललाई आफ्नो पूर्ण सहयोग रहने बताए । सिलवाल शैक्षिक र खेलकुद क्षेत्रमा राम्रो दख्खल भएको व्यक्तित्व भएका कारणले पनि नेपाली खेलकुदले गति लिने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, मन्त्रालयका सचिब कृष्ण प्रसाद देबकोटा लगाएतले नवनियूक्त सदस्य सचिबलाई बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close