यूवा तथा खेलकुद मन्त्रि विश्वकर्माले गरे दशरथ रंगशालाको निरिक्षण

पोखरा, १६ असार । यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार (विश्वकर्मा) ले सोमबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको निरिक्षण गरेका छन ।

यहि वर्ष मंसिर १६ गते बाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को तयारी स्वरुप मन्त्रि विश्वकर्माले निरिक्षण गरेका हुन ।

यूवा तथा खेलकुद मन्त्रालय अन्तरगत १३ औं सागका लागि काठमाडौ र  पोखरामा विभिन्न खेलकुद पूर्वाद्धार निर्माणका कामहरु भइरहेका भए पनि सुस्त गतिका कारण मन्त्रि विश्वकर्माले चासो लिएका छन ।

नेपालमा खेलकुद पूर्वाद्धार निर्माणमा ढिलाईका कारणले नै दुई दुई पटक सम्म साग आयोजनाको मिती सार्नु परेको छ । पोखरामा बन्न लागेको फुटबल रंगशालाको समेत काम शुरु भएको तिन महिना विती सक्दा समेत नक्सा तयार हुन सकेको छैन ।

यहि महिना सक्ने गरि १ अर्ब २८ करोडमा ठेक्का दिइएको पोखरा रंगशालाको काम यति बेला कछुवाको गतिमा काम भइरहेको छ । साग संचालनका लागि अबको ठिक ५ महिना बाँकी रहँदा पूर्वाद्धार निर्माण ढिलाईले समस्या उत्पन्न हुने डर पनि उत्तिकै  छ ।

दशरथ रंगशालाको निरिक्षणको क्रमम मन्त्रि विश्वकर्माले राष्ट्रिय खेलकुद परिषदका विभागिय अधिकारी र ठेकेदारलाई काममा तिब्रता दिन निर्देशन दिएका थिए । सो अबसरमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना लगाएत अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close