ओलम्पिक डे को औपचारिक कार्यक्रम शुरु, एक साता सम्म १ सय १६ वटा कार्यक्रमहरु हुने

पोखरा, ३२ जेठ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा एक हप्ते ’ओलम्पिक डे’ कार्यक्रमको सुरुवात भएको छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डेको सुरुवात गरेको हो ।

ओलम्पिक डेको पहिलो दिन साइकल र्याली आयोजना गरिएको छ । एनओसी भवन सातदोबाटोबाट सुरु भएर भृकुटीमण्डप पुगेर सकिएको र्यालीमा १०० सय भन्दा बढीको सहभागीता रहेको थियो ।यस्तै र्याली अघि जुम्बा डान्सको प्रदर्शनी समेत गरिएको थियो ।


साइकल र्याली अघि कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य माननीय जीवन राम श्रेष्ठले गरेका थिए ।

कमिसनले ओलम्पिक डेको अवसरमा नेपालमा १ सय १६ वटा कार्यक्रम आयोजना गर्दैछ । कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विधालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ ।

ओलम्पिक डे को अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ ।

आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ८) मा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close