सिमोनले एकेएफ रेफ्री परीक्षा उत्तीर्ण गरे

काठमाडौं, ९ साउन ।
वादोरियो कराते खेलाडी सिमोन खत्रीले एकेएफ रेफ्री परीक्षामा उत्तीर्ण गरेका छन । गत साता जोर्डनमा भएको एकेएफ रेफ्री परीक्षामा सिमोनले सफलता हात पारेका हुन् ।

एकेएफ रेफ्री परीक्षामा उत्तीर्ण गरेकोमा खत्रीलाई नेपाल वादोरियो कराते डो संघ, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला वादोरियो कराते संघ तथा काठमाडौं जिल्ला ब्ल्याक वेल्ट कमिटीले बधाइ तथा शुभकामना दिएको छ ।

सिमोनलाई वादोरियो कराते संघका केन्द्रीय अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सचिव सन्तोष मल्ल, कोषाध्यक्ष सूर्य राई, काठमाडौं जिल्ला ब्ल्याकवेल्ट कमिटीका वरिष्ठ उपाध्यक्ष चित्रबहादुर श्रेष्ठ, सचिव पुरुषोत्तम पोखरेल, प्रशिक्षक, खेलाडीलगायतले खादा र फुलमाला लगाइ सफलताका लागि बधाइ दिएका थिए । सिमोन वादोरियो करातेका केन्द्रीय सदस्य पनि हुन् ।

खेलाडीका रुपमा पनि ब्ल्याक वेल्ट तेश्रो डान सिमोनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् । उनले भारतमा भएको दोश्रो र पाँचौं दक्षिण एसियाली कराते, मलेसियामा भएको दसौं ओकिनावा गोजुरियो कराते तथा श्रीलंकामा भएको वादो अन्तर्राष्ट्रिय खुला करातेमा स्वर्ण जितेका थिए ।

त्यस्तै सिमोनले फिलिपिन्समा भएको तेश्रो निसिमुरा कपमा रजत र जर्मनीमा भएको वादो कपमा कांस्य हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close