
पोखरा, ९ साउन । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को विभिन्न विभागको जिम्मेवारी दिन शिर्षनेता सम्मिलित सचिबालयको बैठक काठमाडौमा जारी रहेको बेला बैठकले यूवा तथा खेलकुद विभागको नेतृत्वको जिम्मा योगेश भट्टराईलाई दिने निर्णय भएको स्रोतले जनाएको छ ।
पार्टी एकिकरण पछि विभिन्न ३२ विभाग मध्ये यूवाहरु माझ शक्तिसाली मानिने विभाग स्थायी पार्टी कमिटी सदस्य नेता भट्टराईलाई दिने निर्णय भएको बताइन्छ । ताप्लेजुङ बाट प्रतिनिधी सभामा सांसद समेत रहेका तथा यूवाहरु माझ लोकप्रिय रहेको कारणले पनि उनलाई यो जिम्मेवारी दिन लागिएको हो ।
