एम.ए.कस्ट्रक्सन जेभिद्वारा पोखरा स्पोटर्स अवार्डलाई १ लाख ५० हजार सहयोग

पोखरा स्पोर्टस । छैटौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०७८ लाई सफल पार्न एम.ए.कस्ट्रक्सन जेभिले एक लाख ५० हजार रुपैया सहयोग गर्ने भएको छ ।

उक्त कम्पनीका निर्देशक ई.दीपक बराल नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दीननाथ बराल बिच आइतबार पोखरा रंगशालामा सम्झौता पत्रमा हस्ताक्षर भएको मञ्चले जनाएको छ ।

मञ्चका निर्वतमान अध्यक्ष एकराज गिरी र सचिव शसि पौडेलको समेत सहभागिता रहेको थियो । प्राप्त सहयोगले उक्त अवार्ड सम्पन्न गर्न थप टेवा पुग्ने मञ्चका अध्यक्ष बरालले बताए । खेलाडीहरुलाई सम्मान तथा हौसला प्रदान गर्ने उक्त अवार्ड आफुहरुले निष्पक्ष ढंगले प्रदान गर्ने उनले जनाए ।

पोखरा रंगशाला फुटवल स्टेडिएम एक अर्ब २८ करोडको लागतमा निर्माण गरेको ग्रेट स्पोटस एण्ड एम.ए.कस्ट्रक्सन जेभिले सुर्खेतमा एक अर्ब ६० करोडको लागतमा विभिन्न खेल मैदान तथा रंगशाला निर्माण गर्न सुरु गरेको ई.बरालले बताए । खेलाडी तथा प्रशिक्षकहरुलाई प्रोत्साहन गर्ने उक्त अवार्डमा सहयोग गर्न पाएकोमा ई.बरालले खुसि व्यक्त गरे ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल भूतपूर्व खेलाडी मञ्च, तमु धिं युके, सहारा क्लब पोखरा, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् । अन्य विभिन्न संघ संस्थाबाट सहयोग आउने क्रम जारी रहेको छ ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर हुने उक्त अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close