आठौं राष्ट्रिय प्रतियोगिता : विभिन्न खेलका नतिजाहरु

पोखरा, ६ बैशाख ।
शारीरिक सुगठन सम्पन्न
आठौ राष्ट्रिय खेलकुद १६ औ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । बुटवल ४ स्थित महेन्द्र सभागृहमा सम्पन्न प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सरोज सिह प्रथम हुदै स्वर्ण जितेका छन । यसैगरि झापाका हर्कबहादुर राई दोस्रो हुदै रजत तथा कास्कीका मोती गुरुङ तेस्रो हुदै कास्यमा चित्त बुझाए ।

यसैगरि प्रतियोगिता अन्तरगत ६० केजी तौल समूहमा काठमाडौका आवाज प्याकुरेल प्रथम हुदै स्वर्ण जितेका छन । रुपन्देहीका सुनिल आले रजत पदकमा चित्त बुझाए भने कास्कीका मौलादिन मियाँ कास्यबाट पुरस्कृत भए । प्रतियोगिताको ६५ केजी तौल समूहमा झापाका चन्द्र लक्ष्मण लिम्बू प्रथम हुदै स्वर्ण जितेका छन । कास्कीका सुरेश लामा रजत तथा रुपन्देहीका अमित पंगेनी कास्यमा चित्त बुझाए ।

७० केजी तौल समूहमा काठमाडौका अनिल लाल श्रेष्ठ प्रथम हुदै स्वर्ण जितेका छन । झापाका रक्कि रिमाल दोश्रो हुदै रजत तथा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेश्रो हुदै कास्यमा चित्त बुझाए । प्रतियोगिताको ७५ केजीको तौल समूहमा त्रिभुवन आर्मी रमेश कार्की प्रथम हुदै स्वर्ण जितेका छन । सुर्खेतका सुरेन्द्र थापा दोश्रो हुदै रजत र रुपन्देहीका खेम चौधरी तेश्रो हुदै कास्यमा चित्त बुझाए । यसैगरि ८० केजी तौल समुहमा रुपन्देहीका चन्द्रमान श्रेष्ठ प्रथम हुदै स्वर्ण पदक जितेका छन । यसैगरि काठमाडौका कृष्ण महर्जन दोस्रो हुदै रजत तथा कास्कीका विनय परियार तेश्रो हुदै कास्यमा चित्त बुझाए ।

प्रतियोगिताको ८० प्लस केजी तौलसमुहमा काठमाण्डौका नरेश मालाकार प्रथम हुदै स्वर्ण हात पारेका छन । बाकेका सुनिल कुमार भाट दोस्रो हुदै रजत तथा रुपन्देहीका विष्णुृ निषाद तेस्रो हुदै कास्यमा चित्त बुझाएका छन । सात स्वर्णका लागि ५५ केजी देखि ८५ केजी प्लससम्मका ७ इभेन्टमा देशभरिकाबाट ४० जना खेलाडीले भाग लिएका थिए ।

एक कार्यक्रमका बिच प्रदेश नं. ५ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

महिला क्रिकेट दाङ 
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमही क्रिकेट मैदानमा भएको महिला क्रिकेट प्रतियोगितामा एपीएफले दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर ३ लाई ९ विकेटले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिलो व्याटिङ्ग गरेको प्रदेश ३ ले १५.२ ओभर खेल्दै ३४ रनमा अलआउट भयो । प्रदेश ३ का कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् । वलिङ्ग तर्फ एपीएफकी रितुकुमारी कनोजियाले चार ओभर १ मेडन फाल्दै सात रन खर्चिएर चार विकेट लिइन । करुणा भण्डारी र सरिता मगरले २–२ विकेट लिइन ।

३५ रनको बिजय लक्ष्य लिएर मैदानमा उत्रिएको एपीएफले ५.२ ओभर खेल्दै १ विकेको क्षतिमा ३६ रन बनाउदै सजिलै लक्ष्य भेट्टाउन सक्यो । एपीएफका कप्तान सरिता मगरले १७ रन नट आउट बनाउदा इन्दु बर्माले १४ रन नट आउट बनाइन । बलिङ्ग तर्फ प्रदेश ३ कि गिता कुमारी साहिले १ विकेट लिइन । उमन अफ दी म्याच एपीएफकी रितुकुमारी कनोडिया घोषित भइन् ।

महिला फुटबल दाङ
आठौं राष्ट्रिय खेलकूद अन्र्तगत महिला फुटबलमा प्रदेश तीनले दोस्रो जीत दर्ता गरेको छ । शुक्रबार वेलझुण्डी रंगशालामा प्रदेश २ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रदेश तीनको जीतमा पार्वती घलेले २ तथा मनिषा थापा मगरले एक गोल गरेकी थिइन् । प्रदेश २ की निकिता ठोकरले सान्त्वना गोल गरिन् । यसअघि शुक्रबार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव विजयी भयो ।

भरतपुर मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६–० गोलले पुलिसले पराजित गरेको थियो । पुलिसकी निरु थापाले ह्याट्रिक गरिन् । उनले पहिलो हाफको नवौं तथा दोस्रो हाफको ५८ औं ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।अमृता जैशीले ७३ औं र ७४ औं मिनेटमा लगातार दुई गोल गरिन् । पुलिसकी निर्मला बिकले २४ औं मिनेटमा एक गोल गरिन् ।

तेक्वान्दो : आर्मी र पुलिसलाई स्वर्ण
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारबाट भैरहवामा सुरु भएको तेक्वान्दो खेलमा पहिलो दिन नेपाल आर्मी र पुलिस क्लबले एक एक स्वर्ण जितेका छन् ।

भैरहवा स्थित कभर्डहलमा पुरुष तर्फ ५८ केजितलको तौल समुहमा आर्मीका ज्ञानेन्द्र हमालले प्रदेश नम्बर १ का जिवन तामांगलाई हराउदै स्वर्ण जित्दा तामांग रजतमै चित्त बुझाए । सोही तौल समुहमा प्रदेश ५का प्रेम बहादुर नेपाली र शशस्त्र प्रहरीबलको एपिएफ क्लबका उमेश राज भण्डारीले काश्य पदक जितेका छन् ।

त्यसै गरी महिला तर्फको ५३ केजि तलको तौल समुहमा पुलिस क्लबकी निमा गुरुंगले प्रदेश १ की सन्ध्या शाहीलाई हराउदै स्वर्ण पदक जितिन । गुरुंगले रजत जित्दा गण्डकी प्रदेशकी पबित्रा वेलकुटी र नेपाल आर्मीकी काजल श्रेष्ठले काश्य पदक जिते ।

प्रतियोगितामा ७ वटै प्रदेश, ३ बिभागिय टिम र एनआरएनको समेत गरी ११ टिमका १११ पुरुष र १११ महिला गरी २२२ खेलाडी सहभागी छन् । स्पाईरींग तर्फ पूरुष हरुको ८ र महिला हरुको ८ तौल समुह र पुम्सेको एकल, जोडी र टिम गरी जम्मा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदकका लागी खेल हुने नेपाल तेक्वान्दो महासंघका सचिब तथा प्रतियोगिताका प्रमुख निर्णायक नबिन कुमार श्रेष्ठले बताए ।

शनिबार बिहान र बेलुका पुरुष र महीलाका २/२ गरी ४ तौल समुहबाट थप ४ स्वर्ण पदकका लागी खेल हुनेछ ।प्रतियोगिताको उदघाटन प्रतिनिधी सभा सदस्य तथा पुर्ब मन्त्री छबिलाल बिश्वकर्माले गरेका थिए ।

पुरुष क्रिकेट भैरहवा 
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बुधवार भैरहवामा सम्पन्न क्रिकेट खेलमा नेपाल प्रहरी क्लव र ५ नम्बर प्रदेशको टिम विजयी भएका छन् । नेपाल प्रहरी क्लवले गण्डकी प्रदेशलाई २८ रनले र ५ नम्बर प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २२ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिगं गरेको नेपाल प्रहरीले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो । जसमा, कुशल भुर्तेलले सात चौकाको मद्धतले ४५ रन र आरिफ शेखले चार चौका सहित ३४ रनको योगदान गरे । अमित श्रेष्ठ २ चौका सहित १६ रन बनाए । दिपेन्द्र सिंह ऐरी एक चौका सहित ११ रन बनाउदा हिमांशु दत्तले पनि ११ रननै बनाए ।

बलिगंमा गण्डकी प्रदेशका कर्ण केसीले ३ दशमलव ५ ओभरमा २१ रन दिएर २ विकेट, किशोर महतोले ४ ओभरमा २३ रन दिएर २ विकेट, विपीन खत्री ४ ओभरमा २५ रन दिएर २ विकेट र अमृत गुरुगंले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए ।
गण्डकी प्रदेश ७ विकेटको क्षतीमा १ सय ७ रनमा सिमीत हुन पुग्यो । जसमा आकाश थापा तिन चौका र एक छक्का सहित ३० रन, सुमन धिमीरे तिन चौका सहित २८ रन बनाए । अइले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

बलिगंमा नेपाल प्रहरीका राम नरेश गिरीले १५ रन दिएर २ विकेट, दिपेन्द्र सिंह ऐरीले एक मेडेन सहित १ विकेट, आरिफ शेखले एक मेडेन सहित १ विकेट र ललित राजबंशीले १ विकेट लिएका थितए । आरिफ शेख म्यान आफ दि म्याच भए ।

सोही मैदानमा सम्पन्न अर्को खेलमा पहिला टस गरेर ब्याटिगं गरेको पाच नम्बरले २० ओभरको खेलमा ८ बिकेटको क्षतीमा १ सय ३७ रन बनाएको थियो । जसमा, राजबीर सिंह २ छक्का र ६ चौकाको मद्धतले ४० बलमा ५८ रन बनाए । उनि अरुण एैरीबाट क्याच आउट भए । सुरज दराइ २ चोकाको मद्धतले ३७ बलमा ३३ रन बनाए । उनि दिपेन्द्र ऐरीबाट बोल्डआउट भए ।

बलिंगमा सुदुर पश्चिमका विकास एरीले एक मेडेन सहित १८ रन दिएर ४ विकेट लिएका थिए । अरुण ऐरीले ३ ओभरमा १९ रन दिएर २ विकेट, दिपेन्द्र ऐरी र नरेन्द्र साउदले १–१ विकेट लिएका थिए ।

१ सय ३८ रनको बिजयी लक्ष्य भेट्टाउन खोजेको सुदुर पश्चिम टिमले ९ विकेट क्षतिमा १ सय १५ रन मात्रै बनायो । जसमा, खड्ग बोहरा ३८ रन बनाए भने ,अरुण ऐरीले ३५, सुबेन्दु पाण्डेले ३२ रन, सन्जु दमाइले २० रन बनाए पनि जित दिलाउन सकेनन् ।

बलिगंमा ५ नम्बर प्रदेशका सन्दिप सुनाले २० रन दिएर २ विकेट, विक्रम भुषालले १९ रन दिएर २ विकेट र कृष्ण कार्कीले ३४ रन दिएर १ विकेट लिए । ५ नम्बरका राजबीर सिंह मेन अफ दि म्याच भए ।

शनिवार, पहिलो खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल बिच र दोश्रो खेलमा सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लव बिच खेल हुने क्रिकेट खेल ब्यबस्थापन समितीका संयोजक तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।

पुरुष फुटबल : खजुरा
बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा ५ नम्बर प्रदेशले दोस्रो जीत निकालेको छ । ५ नम्बर प्रदेशले एपीएफलाई ३–२ गोलले पराजित गरेको हो ।

एपीएफका आशिष लामाले १८ मिनेट र प्रदीप लामाले २६ मिनेटमा गोल गरेका थिए । ५ नम्बर प्रदेशका पूर्णबहादुर गुरुङले अतिरिक्त समय ४०+२ मिनेट, विवेक पुनले ४३ मिनेट र सन्जु सेनले ७६ मिनेटमा गोल गरेका थिए । अर्को खेलमा प्रदेश ३ ले प्रदेश १ लाई २–० गोलले हरायो । दुवै गोल सुरेश खत्रीले गरे । उनले ३७ औं र ६८ औं मिनेटमा गोल गरे ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close