
पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगितामा ब्याडमिन्टनतर्फ गण्डकीले २ स्वर्ण हात पारेको छ । गण्डकीले २ स्वर्ण महिला र पुरुष डबल्सतर्फको खेलमा जितेको हो ।
महिलातर्फको डबल्स फाइनलमा दिलाशा राना र तिलमायाँ रानाको जोडीले २१–९, २१–१६ को सोझो सेटमा बागमती प्रदेशका श्रेया बज्रचार्य र इशारानी शाक्यलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।
त्यसै गरी पुरुष डबल्सतर्फ विशाल खड़का र सुजन थापाको बागमती प्रदेशका राजु गरञ्जा र विधान गुरुङको जोडीलाई २१–१८, १९–२१ र २१–१४ ले जित्दै स्वर्ण पदक हात पारे ।
यता पुरुष सिंगल्सतर्फ गण्डकीले एक रजत हात पारेको छ । गण्डकीका सुजन थापाले बागमतीका राजु थापा संग फाइनलमा १८–२१, १८–२१ ले हार व्यहोरेका थिए ।
यो दुई स्वर्ण सहित गण्डकीले जारी प्रतियोगितामा कुल ४ स्वर्ण पदक जितेको छ ।
त्यसै गरी प्रतियागिताको मिक्स डबल्सतर्फ गण्डकीले एक रजत र एक काश्य पदक जितेको छ । सम्पन्न प्रतियोगितामा समग्रमा गण्डकीले ब्याडमिन्टनतर्फ २ स्वर्ण २ रजत र एक काश्य पदक जितेको छ । ब्याडमिन्टनतर्फ समग्रमा गण्डकी दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने कोशीले पहिलो स्थान हात पारेको छ ।
