गण्डकी महिला हक्की टिम नेपालगञ्ज प्रस्थान, अध्यक्ष श्रेष्ठले गरे बिदाई

पोखरा, २४ चैत । आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन गण्डकी प्रदेशको महिला टिम नेपालगञ्ज तर्फ प्रस्थान गरेको छ ।

हक्की टिम एक साता अगावै नेपालगञ्जतर्फ प्रस्थान गरेको हो । आठौं राष्ट्रिय खेलकुदमा हक्की खेल यहि चैत २९ गते बाट शुरु हुँदैछ । नेपालगञ्जमा महिला हक्की टिमले ५ दिनको बन्द प्रशिक्षण पुरा गर्ने र प्रतियोगितामा सहभागिता जनाउने पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

‘त्यहाँको मौसममा खेलाडीलाई सहजता होस र खेलाडीले प्रशिक्षण गर्ने अवसर पनि रहोस भनेर नै हामीले एक साता अगावै त्यहाँ पठाएका हौं’ प्रमुख योगीले भने । पुरुष हक्की टिमको खेल चैत २७ गते बाट शुरु हुने भएकोले उनीहरुलाई पनि २१ गते नै विदाई गरिएको उनले बताए ।

प्रस्थान गर्नु पूर्व महिला खेलाडीलाई विदाई गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडीलाई जितको शुभकामना दिदैं भने–‘खेलमा जितको मार्ग प्रशस्त गर्न अनुशासन महत्वपूर्ण रहेको हुनाले त्यस तर्फ सबै खेलाडी सचेत हुनुपर्छ ।’ जित र हारमा कुनै पनि अभद्रता खेलमा स्विकार्य नहुने भएकोले खेल भावनाका साथ मैदानमा उत्रिन उनले आग्रह गरे ।

कमला पुनको कप्तानीमा मैदानमा उत्रिने १८ सदस्यिय महिला खेलाडीलाई दान बहादुर बस्नेतले प्रशिक्षण प्रदान गर्नेछन । टिमको सहायक प्रशिक्षकमा मिरा चौहान रहेकी छन । गण्डकी प्रदेश बाट हक्की तर्फ स्वर्ण पदक ल्याउने विश्वास व्यक्त गरिएको छ ।

क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख योगी, प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, डिबी नेपाली, कास्की जिल्ला ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा लगाएतले खेलाडीलाई जितको शुभकामना दिंदै विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close