
केशब पाठक,
पोखरा, १५ चैत ।
आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ को नेपालगञ्जमा बैशाखको पहिलो साता बाट शुरु हुने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले निधो गरेको छ । शुक्रबार यूबा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले प्रतियोगिता २०७६ बैशाख ५ देखि ११ गते गर्न मिती तोकेको हो ।
२०७५ नकटाउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टको यस अघिको घोषणालाई पाखा लगाउँदै बोर्ड बैठकले नयाँ मिती तय गरेको हो । तर यो सहित चौथो पटक नयाँ मिती घोषणा गरिएको हो । २०७५ मंसिरमा गर्ने भनिएको प्रतियोगिता माघ, फागुन चैत हुँदै अर्को वर्ष २०७६ लाई पुगको हो ।
यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले केही समय ढिला भए पनि सन्दर्भ मिलाएर प्रतियोगिताको समापन गरिने जानकारी दिए । मन्त्रि विश्वकर्माले भने–‘हामीले बैशाख ११ लोकतन्त्र दिवशको सन्दर्भ पारेर प्रतियोगिता समापन गर्दैछौं ।’
२ वर्ष अघि घोषणा भएको ८ औं राष्ट्रिय खेलकुद उद्घाटन र समापन गरिने नेपालगञ्जको मुख्य रंगशालाको पूर्ननिर्माण गर्ने कार्यको मन्त्रि विश्वकर्माले २०७५ भदौमा शिलान्यास गरेका थिए तर काम भने २०७५ मंसिर बाट मात्रै शुरु भएको थियो । उनले भने–‘नेपालको खेलकुद बिकासको इतिहासमा यति छिटो पूर्ननिर्माणको काम सकिन्छ भनेर मैले कल्पना पनि गरेको थिइन, दिन रात नभनी काम गर्दा करिब ४ महिना सकियो ।’ उनले प्रष्टाउँदै भने-‘यति छिटो काम सक्नु अभूतपूर्व नै मान्नु पर्छ ।’ मन्त्रि विश्वकर्माले पूर्ननिर्माणको काम सकिनासाथ प्रतियोगिताको मिती तोक्न सजिलो भएको उनले बताए ।
अब पनि मिती सर्ने हो की ? भन्ने प्रश्नमा परिषदका सदस्य सचिब विष्टले भने–‘ढुक्क हुनुहोस अब मिती सर्दैन ।’ बैशाखमा नेपालगञ्जमा अत्याधिक गर्मी हुने भएकोले पनि बिहान र बेलुकाको समयमा फल्ड लाइटमा प्रतियोगिताहरु खेलाडीहरुले ढुक्क संङको बातावरणमा खेल्न सकिने गरि गरिने विष्टले पोखरा स्पोर्टस्लाई बताए ।
बैशाख ५ गते बाट शुरु हुने आठौं राष्ट्रिय खेलकुदमा ३५ विभिन्न खेल प्रतियोगिताहरु समाबेश गरिएको छ भने सबै प्रदेश स्तरिय छनौट पनि सम्पन्न भइसकेको छ । प्रतियोगितामा ३५ खेलमा करिब ४ हजार खेलाडी सहभागी हुँदैछन । तर प्रतियोगिता आयोजनाको मिती नतोकिएकोले खेलाडीहरु बन्द प्रशिक्षणमा समेत सहभागी हु्न सकेका थिएनन ।
