म्यानचेस्टर सिटीसँग हारबाट जोगियो आर्सनल

पोखरा स्पोर्ट्स ।  इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

१-० गोलले पछि परेको आर्सनलले ९० मिनेट पछिको इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै म्यानचेस्टर सिटीको जित खोसेका थिए ।

यस अघि खेलको नवौं मिनेटमा इर्लिंग हालाण्डको गोलमा म्यानचेस्टर सिटीले शुरुवाती अग्रता लिएको थियो ।

यो बराबरीपछि आर्सनलको ५ खेलमा १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीको ५ खेलमा ७ अंक भएको छ र हाल नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close