
पोखरा, १६ फागुन ।
फागुन १५ गते बुधबारको त्यो कालो दिन कस्केली मात्रै होइन आम नेपालीले कहिल्यै बिर्सने छैनन । हेलिकप्टर दुर्घटनामा कस्केलीले बिकास प्रेमी नेता रबिन्द्र अधिकारीलाई सदाका लागि गुमाए । यहि फागुन ९ गते पोखरामा शुरु भएको १७ औं आहा रारा संस्करणको उद्घाटन समेत उनैले गरेका थिए । सायद कास्कीमा खेलकुदका लागि यो अन्तिम सम्बोधन रहन पुग्यो ।
संस्कृती पर्यटन तथा नागरिक उडुययन मन्त्रि रबिन्द्रले सम्बोधन गर्दै भनेका थिए पोखरा रंगशालाको फुटबल प्यारापिट निर्माणको काम छिटो सम्पन्न गरौं । उनले खेलका रेफ्रि नरेन्द्र बस्नेतलाई बल हस्तान्तरण गर्दै भनेका थिए–“हजुरको नाम नरेन्द्र मेरो रबिन्द्र ।” संधै हस्यौली र मुस्कान सहित सबै संग नजिक हुने नेता रबिन्द्रलाई गुमाउन पुग्दा सबै शोकाकुल बनेका छन ।

यहि सन्दर्भमा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पनि पोखरेली खेल प्रेमीले एक असल नेता गुमाउन पुग्दा साह«ैनै दुख लागेको बताए । उनले भने–“नेता रबिन्द्र एक असल बिकास प्रेमी नेतामा हुन पर्ने सबै कुराले पोख्त थिए ।” उनले नेता अधिकारी प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले रबिन्द्र अधिकारी सिंगो नेपाली जनताको आशा र भरोसाको केन्द्र बिन्दुलाई गुमाउन पुग्दा निकै दुखित भएको बताए । जनताले चाहेको बिकास के हो भन्ने बारे पनि मन्त्रि अधिकारीले छोटो अवधीमा काम गरेर देखाएको जवलन्त उदाहरण सबैको सामु रहेको बताउँदै अध्यक्ष श्रेष्ठले भने–“खेलकुदलाई अति नै माया गर्ने अभिभावक गुमायौ ।”

कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले आफू पृथ्बीनारायण क्याम्पस पढ्दा देखिनै नेता अधिकारी संगको सामिप्यताले खेलकुद देखि अन्य गतिविधीमा लाग्न प्रेरित गरेको कुरा स्मरण गर्दै विकास प्रेमी नेता गुमाउन पुग्दा निकै दुःख लागेको बताए । उनले भने–“नेता अधिकारी बिकास संगै खेललाई नजिक बाट माया गर्नेको रुपमा संधै कस्केलीले सम्झिरहने छन ।”
गण्डकी प्रदेश लगाएत अन्य प्रदेशमा जारी आठौं राष्ट्रिय खेलकुदका लागि छनोटका लागि सबै कार्यक्रम स्थगित भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । “आज हामी सम्पूर्ण खेल कार्यक्रमहरु स्थगित गरि श्रद्धाञ्जलीसभा गर्ने छौ” अध्यक्ष श्रेष्ठले भने ।
