गण्डकी प्रदेश स्तरिय छनौटमा एथलेटिक्सका खेल जारी

पोखरा, ५ फागुन ।
प्रदेशमा ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनौट अन्र्तगत एथलेटिक्सका खेलहरु सम्पन्न भएका छन ।

आइतबार सम्पन्न खेलमा ४०० मिटर रिले पुरुषमा कास्कीले स्वर्ण पदक जितेको छ भने नवलपुरले रजत र म्याग्दीले काश्य पदक जित्यो । महिला रिलेमा कास्कीले स्वर्ण, स्याङजाले रजत र गोर्खाले काश्य पदक जितेको छ ।

२०० मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले स्वर्ण पदक जिते भने नवलपुरका समिर महतोले काश्य र कास्कीका सुदिप जोशीले स्वर्ण पदक जिते । यसैगरि महिला २०० मिटरमा नवलपुरकी कल्पना श्रेष्ठले स्वर्ण, कास्कीका द्वय अनिशा भण्डारी र कुशुम गुरुङले क्रमश रजत र काश्य पदक जिते ।

यसै गरि ५००० मिटर पुरुषको दौडमा कास्कीका स्माइल भण्डारीले स्वर्ण, पर्वतका प्रकाश कुवरले रजत र गार्खाका रन्जित अधिकारीले काश्य पदक जितेका छन । महिला ५००० मिटरमा पर्वतकी सरस्वती कुवरले स्वर्ण, नवलपुरकी डोलमाया महतोले काश्य र स्याङजाकी चन्द्रकला खरालले काश्य पदक हात पारिन ।

ट्रिपल जम्प तर्फ पुरुषमा नवलपुरका प्रकाश रानामगरले स्वर्ण, लमजुङका जयन्द्र गुरुङले रजत र कास्कीका सागर नेपालीले काश्य पदक जिते । महिला तर्फ तनहुँकी ज्योती श्रेष्ठ, गोर्खाका सविना परियार र सबिता तामाङले क्रमश स्वर्ण, काश्य र रजत पदक जिते ।

डिस्कस् थ्रो पुरुष तर्फ नवपुरका बिनोद थनेत, गोर्खाका निशान गुरुङ, तनहुँका भद्र बहादुर खत्रीले क्रमश स्वर्ण, रजत र काश्य पदक तथा महिला तर्फ कास्कीकी सोनु नेपाली, नवलपुरकी लक्ष्मी थनेत र लमजु्ङकी शुसिला श्रेष्ठले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close