
पोखरा, ३ फागुन ।
यहि फागुन ९ गते बाट पोखरा रंगशालामा शुरु हुने १७ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि १० टिमको सहभागिता हुने भएको छ ।
सहारा क्लब द्वारा प्राप्त जानकारी अनुसार प्रतियोगितामा नेपाल ए. पि. एफ. क्लब, क्यमरुनको डफिन्स टिम फेमिली फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, युनाईटेड सिक्किम फुटबल क्लब, थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब मनाङ्ग मस्र्याङदी क्लब र आयोजक सहारा क्लब पोखराको टिमले सहभागिता जनाउने छन ।
रारा तयारी चाउचाउको उद्पादकको हिमश्री फुड्स प्रा. ली.को मुख्य प्रायोजनमा हुने प्रतियोगितामा हिमा असले दोश्रो पुरुस्कार राशी प्रायोजन गरेको छ । त्यसै गरि उप प्रायोजकमा रेडबुल, अफिसियल बैंकमा लुम्विनी विकास बैंक, सर्वोत्कृष्ट खेलाडी पुरस्कारमा अप्रिला स्कुटर, अफिसियल स्र्पोट वयर पाटनरमा एक्स टेप स्र्पोट वेयर, सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजकमा सनराईज ड्राईभिङ्ग स्कुल प्रा. ली., अफिसियल एयरलाईन्समा बुद्ध एयर रहेका छन ।
यसै गरि अन्य सहयोगीमा अफिसियल ड्रिकिङ्ग वाटर ईको पानी, अफिसियल हस्पिटलमा गण्डकी मेडिकल कलेज (जि.एम.सी.), अफिसियल होटल पार्टनरमा होटल बेयन भेनु, सहयोगीमा कोकाकोला, एल. जी. टि.भी., सानमिगेल, मुग्लान, वल्ड लिङ्ग, बाबा हार्डवयर एण्ड सानेटेरीवयर र स्वच्छ हराभरा पोखरा, बाबा फाउण्डेशन रहेको क्लबले जनाएको छ ।
त्यस्तै अन्य सहयोगीमा समाजसेवी एवं कानुन व्यवसायी हाल हङ्गकङ्ग निवासी देव गुरुङ्ग, र विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद, क्षेत्रिय खेलकुद विकास समिति, पश्चिमाञ्चल, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहारा यू. के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रिेलिया रहेका छन भने प्रवद्र्धकमा पर्यटन बोर्ड र संयोजनमा पोखरा महानगरपालिका रहेको क्लबले जनाएको छ ।