विद्यालयस्तरी टी–२० क्रिकेटको सेमिफाईनलमा कुमुदिनी र प्रतिभा, टप्स र हिमालयन बोर्डिङ भिड्ने

पोखरा, ३ फागुन ।
नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा हिमालयन बोर्डिङ सेमिफाईनलमा प्रवेश गरेको छ । पास्कल र सृजना बोर्डिङको बीचको खेल भने केवल प्रतिष्ठाको लागि मात्रै खेलिएको थियो । जसमा पास्कलले सृजना बोर्डिङलाई ७९ रनले पराजित गरेको थियो । शनिबारको सेमिफाईनल खेल प्रतिभा बोर्डिङले कुमुदिनी होम्ससँग खेल्ने छ भने दोस्रो सेमिफाईनल हिमालनय बोर्डिङले टप्स माविसँग खेल्ने छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवंम ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित प्रतियोगिताको पहिलो खेलमा हिमालयन जुनियर सिटिजन्स एकेडेमीसँग १२ रनले पराजित भएपछि रन रेटको आधारमा सेमिफाईनल प्रवेश गरेको ह्वाई वरी इभेण्ट म्यानेजमेन्ट प्रालिका निर्देशक विधान श्रेष्ठले जानकारी दिए । सेमिफाईनलमा शनिबार हिमालयनले टप्स माविसँग प्रतिस्पर्धा गर्ने पक्का गरेको हो ।

टस जितेर हिमालयन क्षेत्ररक्षणमा जुटेपछि व्याटिङ गरेको जुनियर सिटिजन्स एकेडेमीले निर्धारित २० ओभरमा ११२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रेम गुरुङले ५४ रनको योगदान दिदाँ रचिन मगरले १३ रन हिर्काए । ११३ रनको लक्ष्य पछ्याएको हिमालयन बोर्डिङ भने १०० रनमा समेटियो । अमन थापाले ३० रन, मनोहर ठाकुरले २५ र मनोज ठाकुरले १८ रनको योगदानको योगदान गरे । जे४ स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने प्रेम गुरुङ बने । उनले दुई विकेट लिएका थिए ।

विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पाष्कलले सृजना बोर्डिङ माथि ७९ रनले पराजित गर्यो । प्रतिष्ठाको खेलमा पाष्कलले १४२ रनको स्कोर बनाउँदै जितको लागि सृजनालाई व्याटिङको निम्तो दियो । किरण पौडेलले ४७ रनको इनिङ्स खेल्दै फराकिलो स्कोर बन्न पुगेको थियो । विल्सन थापाले २६ र विक्रम क्षत्रीले २२ रन अविजित हिर्काए । सृजनाले १४३ रनको लक्ष्य पछ्याउने क्रममा केवल १६.३ ओभर खेल्दै केवल ६३ रन मात्रै बनाउन सक्यो । हिक्मत सुवेदीले मात्रै १३ रनको दोहोरो आँकडा छुन सके । खेलमा किरण पौडेल जे४ स्पोर्टस म्यान अफ दि म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close