
पोखरा, २ फागुन ।
पोखराको नयाँबजारस्थित गुरुकुल विद्या सदन माविले वडिविल्डिङका विश्व च्याम्पियन महेश महर्जनलाई बिहिबार सम्मान गरेको छ ।
विद्यालयले महर्जनलाई नगद २५ हजार, दोसल्ला सहित ताम्रापत्रले विद्यालयमा आयोजित एक समारोहका विच सम्मान गरेको हो । विद्यालयका अध्यक्ष ई. धर्म कोइराला, विद्यालय सञ्चालक बद्रि पंगेनी, प्रमोद बराल, रामजी गौतम, कार्यक्रम संंयोजक समेत रहेका शिक्षक रबि कार्की लगायतले महर्जनलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
खेलाडी महर्जनले सम्मानले आफुलाई यस क्षेत्रमा अगाडी बढ्न थप उर्जा मिलेको बताए । अब आफ्नों लक्ष्य मिष्टर युनिर्भस भएको बताउँदै सबैको सहयोग शुभेच्क्षा रहे आफु सफल हुने विश्वास व्यक्त गरे । गोल्डमेडलिष्ट महर्जनले यो जित आफ्नों मात्रै नभई सम्पूर्ण नेपालीको जित भएको बताए । आजका विद्यार्थीनै भविष्यमा राष्ट्रनिर्माणको आधार भएको बताउँदै महर्जनले विद्यार्थीहरुलाई अनुशासनका साथ अघि बढ्न आग्रह गरे । विद्यालयका प्राचार्य अच्युत पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।
सन २०१८ मा थाइल्याण्डको चियङमई सिटी भएको १० औं वल्र्ड वडिविल्डिङ एण्ड फिजिक स्पोर्ट च्याम्पियनसिपमा पुरुष शारिरीक सुसंगठन प्रतियोगिताको ७५ केजी तौल समूहमा वडिविल्डर महर्जनले स्वर्ण पदक जितेर नेपालको नाम विश्वसामु चिनाएका थिए ।