विद्यालयस्तरीय टी–२० क्रिकेटमा कुमुदिनी होम्स र टप्स मावि सेमीफाइनलमा

पोखरा, २ फागुन ।
नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कुमुदिनी होम्स र दोस्रो खेलमा टप्स माविले जितेका छन् । दुवै स्कुल सेमिफाईनल प्रवेश गरेका छन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित  प्रतियोगिताको पहिलो खेलमा कुमुदिनी होम्सले ८१ रनले जित्यो ।

टस हारेर व्याटिङमा उत्रिएको कुमुदिनी होम्सले नविन पोखरेलको ४० रनको महत्वपूर्ण इनिङ्समा १४६ रनको योगफल तयार पारेको थियो । देव साहले २३ जोडे । जनप्रियका सुभाष मगरले पनि महत्वपूर्ण पाँच विकेट झार्दै कसिलो बलिङ गरेपनि अन्य बलर धमाधम रन दिए ।

जनप्रिय  भने केवल १३ ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटियो । मनसुन क्षत्रीले मात्रै दोहोरो अंकको २० रन जोडे ।  सलोन श्रेष्ठले ५ विकेट लिए । देव साहले पनि चार ओभर बलिङमै १० रन खर्चिएर तीन विकेट लिए । जेफोर स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने सलोन श्रेष्ठ बने ।

पाँच विकेट लिएका जनप्रियका पाँच विकेट लिएका सुभाष मगरलाई पनि बल उपहार स्वरुप प्रदान गरिएको थियो । म्यान अफ दि म्याच श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङले म्यान अफदि म्याचको ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताको दोस्रो खेलमा टप्सले मदरल्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको मदरल्याण्डले ११२ रनको योगफल तयार पार्ने क्रममा विजय आचार्यले ४२ रन नटआउट हिर्काए । अर्जुन अधिकारीले भने १७ रनको योगदान गरे ।

११३ लक्ष्य पछ्याएको टप्सले मेखबहादुर सेनले अविजित ५२ रन बनाएपछि टप्सले ३ विकेटको क्षतिमा पुरा गरेको थियो । बसन्त गुरुङले १७  मौसम गुरुङले १४ रनको योगदान गरे । जेफोर स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने अर्धशतक पुरा गरेका सेन घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close