हक्किमा गण्डकी च्याम्पियन

पोखरा,२ फागुन ।
गण्डकी प्रदेश प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगितामा बुधबार च्याम्पियन भएको छ ।

च्याम्पियन भए संगै गण्डकी प्रदेशले ट्रफी सहित नगद २० हजार प्राप्त गरेको छ ।

झापाको भद्रपुरस्थित मेची रंगशालामा भएको फाइनलमा गण्डकीले नेपाल आर्मीलाई १–० गोलले पराजित गरेको हो ।

प्रदेश ७ ले तेश्रो स्थानमा चित्त बुझायो । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः २० हजार, १५ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close