
फागुन २ पोखरा ।
गण्डकी प्रदेश तेक्वान्दो सघंको आयोजनामा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सुरु भएको छ ।
पोखरामा सुरु भएको आत्मरक्षा तथा प्रशिक्षक प्रशिक्षण तालिमको सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले प्रदेश सरकारले गण्डकी प्रदेशभरका स्थानिय तहमा खेलकुदका पूर्वाधार बनाउन लागि रहेको बताइन । उनले पछिल्लो समय महिला तथा बालबालिका हिंसाका घटना सार्वजनिक भइरहदा आत्मरक्षासम्बन्धी तालिमले त्यस्ता घट्ना न्यूनिकरणमा सहयोग पुग्ने आफूले विश्वास लिएको बताइन । मन्त्री पुनले यस्ताखालका तालिम सबैले लिने पर्ने भन्दै त्यसको अभिभावकत्व प्रदेश सरकारले लिन तयार रहेको बताइन ।
तालिममा नेपाल तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक डा. नमरजंग गुरुङले तालिमले महिला तथा किशोरीहरुलाई आत्मरक्षामा उपयोगी हुने बताए । तालिम पश्चात समाजमा महिला हिंसा तथा र्दुव्यवहारमा कमि आउने आफूले विश्वास लिएको बताए ।
तेक्वान्दो संघ गण्डकी प्रदेश, गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्र्पोटस साईन्स कलेज लगायतका संस्था आयोजकका रुपमा रहेको तालिम आगामी सोमबारसम्म सञ्चालन हुनेछ । पोखरा लगायतका स्थानबाट २५० जना बढि किशोरी तथा महिलाहरुको उपस्थिती रहेको गण्डकी प्रदेश तेक्वान्दो सघंका अध्यक्ष् जगन गुरुङले जानकारी दिए ।
तेक्वान्दो,बक्सिङ्ग लगायत सबै मार्शलआर्ट खेलसंग सम्बद्ध एक सय प्रशिक्षकहरुलाई प्रशिक्षण तथा किशोरीहरुलाई कोरीयाका योमीङ युनिभर्सिटिका प्रा.डा.लिङ सङ गिल, नेपालका प्रशिक्षक नमरजंग गुरुङ, डा अच्छुतम लामिछाने, लि संङ मीन, लि संङ ही लगायतले प्रशिक्षण दिनेछन ।