आठौं राष्ट्रिय खेलकुदमा एनआरएनको सहभागिता निश्चित

काठमाडौं, १ फागुन ।
प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एनआरएनएको आधिकारिक प्रतिनिधिको सिफारिसमा मात्र एनआरएन खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । सुविधाको हकमा नेपालमा रहँदा प्रतियोगिता अवधिभर अन्य खेलाडीलाई दिने सुविधा सरह एनआरएन खेलाडीलाई उपलब्ध गराइने छ । सम्बन्धित देशबाट आउने–जाने खर्च राखेपले व्यहोर्ने छैन ।

बृहत राष्ट्रिय खेलकुदको इतिहासमा एनआरएन खेलाडी पहिलो पटक सहभागी हुन लागेको हो । एनआरएन खेलाडीले व्यक्तिगत स्पर्धामा मात्र सहभागिता जनाउन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close