अष्टे«लियामा बोत्तल उठाएर नेपालमा सहयोग

पोखरा, २८ माघ ।
प्रवासमा पुराना बोत्तल उठाएर संकलित रकम पोखराको एक विद्यालयमा सहयोग गरिएको छ । अष्टे«लियाको सिड्नीस्थित सगरमाथा फुटबल क्लबले संकलित रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको हो ।

क्लब प्रशिक्षक शिव तामाङले सोमबार विद्यालयमा आयोजित एक समारोहमा विद्यालय प्रअ कृष्णकुमारी जोशी, विद्यालय अध्यक्ष चन्द्रकान्त आचार्य र वडा सदस्य राजेश गुरुङलाई सो मेसिन संयुक्त हस्तान्तरण गरेका हुन् ।

क्लब प्रशिक्षक तामाङले नेपालमा केही गरौं भन्ने उद्देश्यले आफूहरुले अष्टे«लियाका विभिन्न रेष्टुरेष्ट, पव सेन्टर तथा घरघरमा फालिएका पुराना बोत्तल संकलन गरी उठेको रकमबाट विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

‘बोत्तल फर एजुकेशन एण्ड फुटबल’ भन्ने नाराका साथ क्रियाशील फुटबल क्लबले यसअघि पनि विभिन्न सहयोग गर्दैैआएको छ । क्लबमा हाल ३० जना खेलाडी छन् । क्लबले नेपालबाट अष्टे«लियामा विभिन्न प्रयोजनले जाने नेपालीलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग गर्दैआएको फोटोपत्रकार समेत रहेका क्लब सदस्य राम गुरुङले जानकारी दिए ।

नेपाली मिलेर सन् १९९९ मा स्थापित सो फुटबल क्लब पुरानो फुटबल क्लबमध्ये पर्दछ । हाल अष्टे«लियामा प्रवासी नेपालीकै २ दर्जन बढी फुटबल क्लब छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close