आठौं खेलकुदका लागि फागुन ३ गते बाट गण्डकी प्रदेश स्तरिय छनोट शुरु हुने

पोखरा, २८ माघ ।
आठौं राष्ट्रिय खेलकुदका लागि यहि फागुन ३ देखि २५ गते सम्म गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता शुरु हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जनाएको छ ।

पोखरा रंगशालामा फागुन ४ गते औपचारिक उद्घाटन गरि शुरु हुने छनोट प्रतियोगिताका लागि विभिन्न जिल्लाहरुलाई समेत तोकिएको पश्चिमाञ्चल क्षेत्रिय खेलुकद समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जनाएका छन ।

प्रतियोगिताका लागि म्याग्दी, बागलुङ, कास्की, नवलपुर, तनहुँ र चितवनमा समेत छनोट गर्ने गरि खेल तालिका र स्थान क्षेत्रिय खेलकुदले सर्वाजनिक गरेको छ ।

क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीका अनुसार छनोट प्रतियोगितामा कूल २७ खेलहरुका छुट्टा–छुट्टै इभेन्ट्सहरु हुनेछन भने ८ वटा खेलहरुका सोझै संघ मार्फत छनोट गर्ने गरि प्रवन्ध मिलाइएको प्रमुख योगीले बताए । साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, गल्फ, सफ्ट टेनिस, शारिरिक सुगठन र कुस्तीका खेलहरु केही राष्ट्रिय र केही संघले सोझै छनोट गर्ने गरि मिलाइएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा करिव २३ दिन सम्म हुने छनोटका लागि खेलाडी, निर्णायक र व्यवस्थापक गरि २ हजार ८ सय ५६ जनाको सहभागिता रहने कार्यालय प्रमुख योगीले जानकारी दिएका छन ।

जिल्ला र प्रदेशले प्रदेश नं ५ का विभिन्न जिल्लामा हुने आठौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहदा राष्ट्रिय खेलकुद परिषदले खेल कहिले बाट शुरु गर्ने भन्ने बारे मिती भने तोक्न नसकी अन्यौलको अवस्थामा छ । नेपालगंजमा हुने उद्घाटन स्थल र अन्य स्थानका निर्माण संरचनाहरुको काम सम्पन्न गर्न अझै २५ प्रतिशत बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close