लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई करिब ३ लाख आर्थिक सहयोग

पोखरा, २७ माघ ।
लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई करिब तीन लाख रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २८ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख ९४ हजार रुपैया सहयोग गरेको हो ।

बैकका तर्फबाट सञ्चालक सुशिलराज पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, बैंकका कम्पनी सचिब तथा मुख्य प्रबन्धक हरिकृष्ण सुबेदी बैंकका पोखरा न्युरोड शाखाको म्यानेज प्रकास पहारी, पोखरा महेन्द्रपुल शाखा म्यानेजर बलबहादुर ढकाल लगाएतले सहारा क्लबका अध्यक्ष केशब थापा, पुर्व अध्यक्ष विक्रम थकाली सहितको टोलीलाई चेक हस्तान्तरण गरेका छन् ।

बैंकको सामाजीक उत्तरदाइत्व अन्तरगत एकेडेमीलाई सहयोग गरेको बैंका सञ्चालक सुशिलराज पराजुलीले जानकारी दिए । ‘बैंकले सहारा क्लबलाई अन्य माध्यमबाट पनि सहयोग गर्दै आएको छ,’ पराजुलीले भने ‘यस पटक बालकहरुलाई प्रत्यक्ष रुपमै पुग्ने गरेर सहयोग गरेका छौ ।’ उनले बैंकले सामाजीक क्षेत्रमा सामाजीक उत्तरदायीत्व अन्तरगत अन्य ठाउँमा पनि सहयोग गर्ने गरेको बताए ।

क्लबले गरेको सामाजिक कामलाई सघाउन सहयोग हस्तान्तरण गरेको पराजुलीले बताए । ‘आमा बाबु नभएको बालकलाई अभिभावकत्व दिनु सहज छैन, उनले भने–‘क्लबले पुण्य काम गरेको छ । त्यसमा केही सहयोग बैकले गरेको छ ।’ उनले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सहयोग ग्रहण गरेपछि क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै एकेडेमी सञ्चाल गर्न सहयोग पुग्ने बताए । पुर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समय देखी बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि निरतरता पाउने विश्वास गरे ।

क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १६ जिल्लाका २८ जना कठिन परिस्थितीका बालकहरु आश्रित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close