क्यामरुनको डफिन्स फेमिली क्लब मनकामनाकपको फाइनलमा

पोखरा, २६ माघ ।
लिग बिजेता मनाङ मस्र्याङ्दीलाई हराउँदै क्यामरुनको डफिन्स मनकामना केबलकार पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । मनाङलाई सडनडेथमा पराजित गर्दै क्यामरुनको डफिन्स उपाधी नजिक पुगेको हो ।

निर्धारित समय र थपिएका अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा पुगेको खेल अन्ततः सडनडेथमा डफिन्स भाग्मानी बन्दै फाइनलमा स्थान शुरक्षित ग¥यो ।

टाइव्रेकरमा क्यामरुनका लागि विइक, प्रिसन दाजंगा, अरियल इनामे, यान्निक ओवना, जो अनुगुलाले गोल गरे भने सिलो म्याट्रिको प्रहार बाहिरिएको थियो । यता मनाङका लागि सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल रह्यो तर सुरज विश्वकर्माको प्रहार पोलमा लाग्दै बाहिरियो भने विमल रानाको पेनाल्टी बाहिरियो ।

निर्धारित समयमा खेलको ६६ मिनेटमा मनाङका कमल श्रेष्ठको आत्मघाति गोलले डफिन्सले खेलमा अग्रता बनाएको थियो । खेलको ८१ मिनेटमा मनाङका लागि विदेशी खेलाडी आफिज ओलावालेले उत्कृष्ट हेडिङ गोल गरे । अन्जन विष्टले मिलाएको हेड बलमा ओलावालले दोश्रो पटकको हेड गोल गोलमा परिणत भएको थियो ।

डफिन्सका विइक खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई पूर्व मन्त्री एवम समाजसेबी उत्तम पूनले नगद ५ हजारका साथमा ट्रफी प्रदान गरेका थिए । सोही कार्यक्रममा पूर्व मन्त्रि पूनले आयोजक एन्फा कास्कीलाई नगद ५० हजार प्रदान गर्ने घोषणा गरे ।

आइतबार डफिन्स र शसस्त्र प्रहरी बलको एपिएफ क्लबका विच फाइनल खेल हुने आयोजक एन्फा कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close