
काठमाडौं, २५ माघ ।
पाकिस्तानमा भएको दृष्टिविहीन महिला क्रिकेटमा पाकिस्तान विरुद्धको ५ खेलको टी– २० श्रृंखलामा शानदार जित हासिल गर्दै नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
पाकिस्तनमा भएको ५ खेलको श्रृंखलामा नेपालले ४ खेलमा जित हात परेको थियो । दोश्रो खेल वर्षाका कारण हुन सकेन ।