भारी वर्षाका कारण विहिबारको मनकामनाकप स्थगित

पोखरा २४ माघ ।
पोखरामा विहिबार निरन्तर वर्षका कारण छैटौ मनकामना कप फुटबल प्रतियोगिता अन्र्तगत पहिलो सेमीफाइनल खेल स्थगित भएको छ ।

मनकामना कपको आयोजक एन्फा कास्कीका महासचिब रमेश कार्कीले एक सूचना प्रकाशित गर्दै एपिएफ क्लब र जापानको रिश्सो यूनिर्भसिटी बिचको पहिलो सेमीफाइनल खेल स्थगित भएको जानकारी दिएका छन ।

प्रतिकुल मोसमका कारण पोखरामा चिसो पनि अत्याधिक बढ्नुका साथै पोखरा रंगशालाको मैदानमा पानी जमेको छ । मैदानलाई पानी बाट जोगाउन ठूला–ठूला टाटहरुले छोपेर राखिएको छ ।

विहिबारको खेललाई शुक्रबार सारिएको र अन्य दिन जस्तै दिउसो २ बजे बाट खेल शुरु हुने महासचिब कार्कीले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close