एन्फा एकेडेमीका बालकहरुलाई जापान स्थित फन रुट्स र रिश्सोका खेलाडीले दिए खेल सामाग्री

केशब पाठक,
पोखरा, २४ माघ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीमा एकेडेमीमा आवद्ध बालकहरुलाई मनकामनाकप छैटौंं संस्करण खेल्न आएको जापान स्थित रिश्सो यूनिर्भसिटी र फन रुट्स एकेडेमीले स्पोर्टस् च्यारिटी अन्र्तगत खेल सामाग्री प्रदान गरेका हुन ।

फुटबलका पूर्व राष्ट्रिय खेलाडी हाल जापानमा कार्यरत फन रुट्सका फुटबल प्रशिक्षक बसन्त गौचनको पहलमा च्यारिटी अन्र्तगत करिब ३० जना भन्दा वढी बालकहरुलाई जुत्ता र फुटबल प्रदान गरेका थिए ।

फन रुट्स अन्र्तगत हरेक वर्ष नेपाली यूबा टोलीलाई जापानमा खेल्ने अबसर समेत जुटाउँदै आएका प्रशिक्षक गौचनले एन्फा एकेडेमीका बालकहरुलाई ति सामाग्री प्रदान गरेको बताए ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रिश्सो यूनिर्भसिटीका प्रमुख सुगिता मामुरोले नेपाली भविष्यका यूवा खेलाडीलाई खेल सामाग्री दिएर हौसला प्रदान गर्न पाउँदा निकै खुसी लागेको बताए ।

रिश्सोका खेलाडी, प्रशिक्षक र अन्य टिमका सदस्यहरुले सामाग्री हस्तान्तरण पछि एन्फा एकेडेमीका बालकहरु संग फुटबल खेलेर मनोरंजन लिएका थिए । उनीहरुले यूवा खेलाडीले निकै प्रतिभावान रहेको बताउँदै आगामी दिनमा नेपालमा नयाँ खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे ।

र्कायक्रममा एन्फा कास्की एकेडेमीका प्रशिक्षक एवम पूर्व राष्ट्रिय खेलाडी शम्भू केसी, शसस्त्र प्रहरी बल फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङ लगाएत एन्फका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कास्की एन्फाले ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम अन्र्तगत विभिन्न क्लबहरुमा समेत प्रशिक्षण दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close