
पोखरा, २४ माघ ।
पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला गाँउमा १० किलोमिटर पर्वतिय दौड, पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता हुने भएको छ भने सोही दिन अर्मलाको होमस्टेको पनि शुरुवात गरिनेछ । अर्मला स्थित खे पना प्रतिष्ठानलाई होम स्टेको रुपमा अगाडी बढाइएको स्थानिय दुर्गा यूवा क्लबले जनाएको छ ।
श्री पंचमीको अबसरको आयोजनामा हुने ति प्रतियोगिताहरु मध्ये छैटौ पटक आयोजना हुने १० किलोमिटर पर्वतिय दौड पोखराको बाटुलेचौर बाट शुरु भएर अर्मला कोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिएका छन । गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद १५, १० र ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितियले २५ हजार रनिङ कप, पदकतथा प्रमाणपत्र पाउने छन भने १६ वर्ष भन्दा माथि छेलो प्रतियोगितामा प्रथमले नगद रु ३ हजारका साथमा भाङग्रा, फेता र प्रमाण पत्र र द्वितियले नगद १ हजारका साथमा प्रमाणपत्र पाउने क्लबले जनाएको छ भने १६ वर्ष भन्दा मुनीकाले क्रमश नगद १ हजार र ५ सय पाउनेछन ।
उक्त पुरुस्कारको अर्मलाकोट यूके परिवारको मुख्य प्रायोजन र अर्मला विकास मञ्च सह प्रायोजनमा हुन लागेको हो भने हाल यूके निवाशी शेरा गुरुङ, सम्मर बहादुर गुरुङ, जिबन गुरुङ र बुद्धि गुरुङ लगाएतले प्रायोजन गर्ने भएको सचिब डम्बर बहादुर गुरुङले जनाएका छन ।
पोखराको उत्तरपट्टी माछापुच्छ«े हिमालको काखमा अवस्थित एउटा सुन्दर मनमोहक गाँउ अर्मलाबाट उत्तरतर्फ माछापुच्छ«्रे हिमाल लगायत अन्य हिम श्रङ्खलाहरु र दक्षिण तर्फ पोखरा नगर एकै नजरमा देख्न सकिन्छ ।