मनाङको टाइ ब्रेकरमा जित, ब्रिगेड द्वारा उत्कृष्ट खेल पर्दशन

पोखरा २३ माघ ।
पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङदीले जारी मनकामना कप छैटौं संस्करणमा ब्रिगेड ब्याइज क्लब संग टाइ ब्रेकरमा ५–४ गोल अन्तरले जित हासिल गर्दै सेमीफाइनलमा क्यामरुनको डफिन्स क्लब संग भेट पक्का गरेको छ ।

खेलको पहिलो हाफमा यूवा जोशले भरिएको ब्रिगेड संग मध्यान्तर सम्म १–० ले पछि परेको मनाङलाई गोल फर्काउन दोश्रो हाफको ६७ मिनेट सम्म कुर्नु प¥यो ।

खेलको १६ औं मिनेटमा ब्रिगेडका रितिक खड्कालो मैदानको मध्य भाग बाट एक्लै अगाडी बढाएको बललाई गोलमा परिणत गरेका थिए । उनले मनाङका तिन जना डिफेन्सलाई समेत छल्दै सेकेण्डबारमा गरेको प्रहारलाई किपर विशाल श्रेष्ठले समेत रोक्न सकेनन ।

खेलको दोश्रो हाफको ६७ मिनेटमा आलओलेको पासमा आशिष चापागाईको स्थानमा मैदान छिरेका शुजित बुढाथोकीले गोलको दिशा देखाएका थिए । दोश्रो हाफमा व्रिगेड विरुद्ध गोल गर्न आक्रमक खेलिरहेको मनाङले ८८ औं मिनेटमा डि बक्स बाहिर ब्रिगेडका किपर लक्की कार्कीले बल क्लियर गर्न खोज्दा रेफ्रि प्रकाश नाथ श्रेष्ठले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

१० जनामा सिमित विग्रेडले खेलको पुरा समय र थप गरिएको ३० मिनेट सम्म पनि मनाङलाई गोल गर्ने कुनै अबसरनै दिएन । पेनाल्टी प्रहारमा व्रिगेडका तर्फ बाट आएका पदम भट्टराइको बल विशालले जोगाएको बल नै मनाङका लागि सेमीफाइनलको यात्रा तय गरायो ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले विग्रेडलाई सजिलो टिमको रुपमा बुझ्दा जित कठिन रुपमा आएको बताए । आफ्ना केही खेलाडी घाइते भएको र मैदान छिरेका खेलाडी पनि थकित भएका कारण खेल सोचे जस्तो नभएको र बिग्रेडका यूवा खेलाडीले पनि निकै राम्रो खेल पर्दशन गरेको बताए ।

यता व्रिगेडका प्रशिक्षक सुबित कार्कीले मनाङ जास्तो टिम संग आफ्नो टिमले उत्कृष्ट पर्दशन गरेको बताए । १० जना खेलाडीले पनि अन्तिम समय सम्म निकै चुनौती पस्किएको र आफ्ना विदेशी खेलाडी वर्क पर्मिटका कारण खेल्न नपाउनुले पनि नतिजा सुम्पिनु परेको बताए ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा जापानको रिस्सो युनिभर्सिटी र विभागीय नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close