पोखरा म्याराथनलाई सफल बनाउन हङकङबाशी नेपालीहरु एकजुट

पोखरा, २३ माघ ।
पोखरामा यहि फागुन ७ गते सम्पन्न हुन गईरहेको “१३ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” प्रतियोगिताका सफल बनाउनका लागि हङकङबाशी नेपालीहरु एकजुट भएका छन ।

हङकङलाई कर्मथलो बनाएका पोखरेलीहरुको संयोजकत्वमा आयोजित भेलामा पोखरा लगायत नेपालको विभिन्न ठाउँमा बसोबास गर्ने हङकङेलीहरुले स्वतःस्र्फुतरुपमा सहयोग रकम जुटाउन थालेका हुन ।

पूर्व राष्ट्रिय खेलाडी खेलाडी तथा वी विल राईज फाउण्डेशनका संस्थापक तुलसीकुमार गुरुङ, ब्यवसायी तथा समाजसेवी त्रिलोक गुरुङ र हङकङ ब्यापार संघका अध्यक्ष प्रकाश पुन र उनकी श्रीमती टिका पुनले पोखरा म्याराथनका लागि एक–एक लाख सहयोग रकम घोषणा गरेका छन ।

त्यस्तै सहयोग गर्नेहरुमा गोपी गुरुङ, अर्जुन गुरुङ, हिमालय यात्रा, विरेन्द्र जङ गुरुङ, देउकाजी गुरुङ, विरेन्द्र तोर्जे, होमर गुरुङ, सुरज गुरुङ, सञ्जय गुरुङ, रक्स गुरुङ, शुरेस गुरुङ चिज गुरुङ, मनोङ गुरुङ र विक्रम गुरुङ लगाएत रहेका छन ।

“दौड स्वास्थ्यका लागि, दौडौ पोखराको लागि” भन्ने नाराको साथ आयोजना गरिएको म्याराथन प्रतियोगिता पोखराकै शान हो, हामी विदेशमा बस्छौ तर हाम्रो मन नेपालमै छ, आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु नै गौरवको बिषय रहेको भन्दै हङकङबाशी नेपालीहरु एकजुट भएको उनीहरुले बताएका छन ।

“पैसा र अबसरको अभावमा कुनाकन्दरामा रहेका प्रतिभावान खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने यो प्रयासमा हामी पनि सहकार्य गर्न चाहन्छौ” पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तुलसीकुमार गुरुङले भनेका छन ।

पोखरा म्याराथनलाई पोखरेली मंच यूकेले साथ अगाडी बढाईरहँदा हङकङ बाशी नेपालीहरुले साथ दिनु आयोजकका लागि महत्वपूर्ण रहेको भन्दै भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष तेज गुरुङले नेपाल र विशेष गरि पोखराको खेलकुद विकासमा विदेशमा रहेका नेपालीहरुको खेलप्रती चासो निकै स¥हानिय र प्रशंसनिय रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close