
केशब पाठक
पोखरा, २१ माघ ।
यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले पोखरा फुटबल स्टेडियमको प्यारापिट १६ हजार ५ सय दर्शक क्षमतामा निर्माण हुने बताएका छन ।
सोमबार पोखरा रंगशालामा अन्तर्राष्ट्रिय आइटिएफ यू–१८ टेनिसको उद्घाटनका लागि पोखरा आएका मन्त्रि विश्वकर्माले संचारकर्मीहरुको भेटमा उक्त कुरा बताएका हुन । “हामीले हाललाई १० प्रतिशत सम्म थप गरि निर्माण गर्ने सोच बनाएका छौ ।”
नेपाल सरकारले सात वटै प्रदेशमा एक–एक वटा अन्तर्राष्ट्रिय मापदण्डका आधुनिक रंगशाला निर्माण गर्न काम अघि वढिसकेको बताउँदै मन्त्रि विश्वकर्माले पोखरा रंगशालालाई नियमित प्रशिक्षण मैदानको रुपमा प्रयोग गर्ने गरि पोखरामा आधुनिक रंगशाला निर्माण गर्न १ हजार ५ सय रोपनीको जग्गाको खोजी भइरहेको जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय आर्कषणको शहर भएकाले पनि यहाँ अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक रंगशाला बनाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि पोखरा रंगशालाको ४ सय १७ रोपनी जग्गा अपुग हुने समेत बताए ।
स्थानिय, प्रदेश र संघिय सरकारका विच खेलकुद बिकासका लागि कुनै तित्तता नरहेको र समन्वय पनि नगरेको स्पष्ट पार्दै गण्डकी प्रदेश सरकारले भने जस्तै गरि खेलकुद पूर्वाधार बिकास गर्न चिन संग भनिएको सम्झौताका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । स्थानिय, प्रदेश र संघिय सरकार विच आवश्यक सबैकाम आपसी सहकार्य र समन्वयमा नै गर्ने गरि पूर्वाधार निर्माणलाई तिव्रता दिने उनले बताए ।
पोखरामा बन्ने पोखरा फुटबल स्टेडियमका लागि १ अर्ब ३२ करोडको बजेट शुनिस्चितता भइसकेको ग्लोबल टेन्डर अनुसार काम अघि बढाउन ५३ करोड बजेट छुट्टिएर कामको जिम्मा लगाई सकेका छौं । “पोखरा रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै बन्छ र यसमा ढुक्क हुन आग्रह गर्छु ।” “आगामी सेप्टेम्वर सम्म यो निर्माण सम्पन्न गरि काम हुँदैछ जहाँ हामीले १३ औं दक्षिण एशियाली महिला फुटबल प्रतियोगिता आयोजना गर्ने छौं” मन्त्रि विश्वकर्माले भने ।