पोखरामा टेनिसका २ सय भन्दा बढी विदेशी खेलाडी “मित्र राष्ट्रहरु संगको सम्बन्धलाई कसिलो बनाउँछ” मन्त्रि विश्वकर्मा

केशब पाठक
पोखरा, २१ माघ ।
अन्तर्रा्ष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा शनिबारदेखि १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता शुरु भए पनि प्रतियोगिताको सोमबार यूबा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले एक समारोहका विच उद्घाटन गरेका छन ।

सो अबसरमा बोल्दै मन्त्रि विश्वकर्माले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले मित्र राष्ट्रहरु संगको सम्बन्धलाई कसिलो बनाउने बताए । उनले भने –“खेल बिकासका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुन आवश्यक छ जसमा कास्की टेनिस संघले महत्वपूर्ण भूमिका खेलको छ ।”

प्रतियोगितामा सहभागी सबै खेलाडीलाई जितको शुभकामना दिंदै खेलकुद बिकासका लागि मन्त्रालयले योजनावद्ध रुपमा अघि बढेको समेत उनले सो अबसरमा बताए ।

कास्की टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमा प्रतियोगिताका संयोजक सूर्य बहादुर भुजेलले पोखराको पर्यटन क्षेत्रको विकासमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “यदी पोखरामा ८ वटा मात्रै टेनिस कोर्ट हुन्थ्यो भने २ हप्ताका लागि ५ सय भन्दा बढी खेलाडी पोखरा आउने थिए” संयोजक भुजेलले भने–“आर्थिक रुपले पनि मुलुकलाई माथी उठाउन पनि खेलकुदको पूर्वाधार बिकास आवश्यक छ ।”

पोखरामा उपलब्ध टेनिस कोर्ट अनुसार ३२ को ड्र मा मात्र खेल खेलाउन सकिने भएकाले प्रतियोगितामा भाग लिन चाहेबमोजिमका खेलाडीहरुलाई बोलाउन नसकिएको पनि भुजेलले बताए । ‘हामीसंग थप कोर्ट हुन्थ्यो भने ३ सय बढि खेलाडी पोखरा आउथे’–उनले भने ।

कार्यक्रममा नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, कास्की जिल्ला टेनिस संघका महासचिब नबिन चालिसे लगाएतले भनाई राखेका थिए । प्रतियोगिताको मुख्य ३२ ‘ड्र’ को खेल सोमबारदेखि शुरु हुँदैछ । त्यसका लागि २७ राष्ट्रका २ सय बढि खेलाडीहरु पोखरा आएकोे प्रतियोगिता संयोजक भुजेलले जानकारी दिएका छन ।

मुख्य ड्र भन्दा खेलाडी संख्या बढि भएकाले माघको १९ र २० गते पूर्वछनौंट खेल खेलाउन लागिएको संघ कास्कीका महासचिव चालिसेले जानकारी दिए । सिंगल र डबल्स गरि दुई इभेण्टमा हुने प्रतियोगितामा विजयी खेलाडीले आइटीएफको २ सय ५० अंक प्राप्त गर्नेछन् ।

पोखरामा आयोजना भएका प्रतियोगिताहरु मध्ये यो अहिले सम्मकै उच्चस्तरको प्रतियोगिता भएकाले यसलाई सफल पार्न पोखरेलीको सहयोग चाहिने संघ कास्कीका अध्यक्ष दोर्जे लामाले बताएका छन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख ४० हजार खर्च लाग्ने संघ कास्कीको अनुमान रहेको छ ।

प्रतियोगिताको उद्घाटन दिन पुरुष एकलतर्फको खेलमा हङकङका केल लोक इन ताङले नेपालका प्रणव खनाललाई ६–३, ६–१ ले, भारतका अनुराग अग्रवालले नेपालका आर्यन गिरीलाई ६–३, ६–० ले, फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले भारतका फैज नस्यामलाई ६–२, ६–३ ले, भारतका जेराल यासिनले श्रीलंकाका कभिसा रत्नाइकेलाई ६–३, ६–१ ले पराजित गरे ।

त्यसैगरि पुरुषतर्फकै एकलमा चीनका चेन लियाङले नेपालका अभिनाव आचार्यलाई ६–१, ६–१ ले, जर्मनका पउल आर्मिन अल्ब्रेच्टले नेपालका सम्रक्षक बज्राचार्यलाई २–६, ६–२, ६–२ ले, भारतका दिपेन्दर ग्रेवालले मलेशियाका जियान कियोन ताकेशिलाई ६–४, ६–४ ले, चीनका जिछुवान लिले श्रीलंकाका दिलान हेराथलाई ६–२, ६–० ले, भारतका आदित्य वरदान रोय चौधरीले मलेशियाका हेडन खु मेनन्लाई ६–०, ६–२ ले, जापानका ताकुमी वातानेवले थाइल्याण्डका पोस्वात अकरपनालाई ६–१, ६–४ ले पराजित गरे ।

प्रतियोगिताको उद्घाटन दिन महिलातर्फ भएको प्रतिस्पर्धामा भारतका श्रृष्टि धिरले नेपालका इशा श्रीलाई ७–५, १–६ र ६–२ ले, चीनका लि यि लियुले भारतका श्रीया चक्रबर्तीलाई ६–०, ६–३ ले, चीनका कुङ्गलिङ जाङले नेपालका एनी माथेमालाई ६–१, ६–२ ले, कोरियाका जुमिन कोन्सले भारतका लेफिन जमिरलाई ६–२ र रिटायर्ड हर्टमा पराजित गरे । महिलातर्फकै अन्य खेलहरुमा चीनका जियु झाङले नेपालका शुभांगि लक्ष्मी शाहलाई ६–०, ६–२ ले, जापानका जुलिया धैया वार्देनले नेपालका प्रकृती श्रेष्ठलाई ६–१, ६–० ले तथा चीनका इटोङ्ग झाङले नेपालका अल्सा रेग्मीलाई ६–०, ६–२ मा पराजित गर्दै विजयी शुरुवात गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close