पोखरामा विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता माघ २६ बाट

पोखरा, १९ माघ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा यहि माघ २६ गते बाट विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिने संघले जनाएको छ ।

सो प्रतियोगिता बारे जानकारी दिंदै संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेट संघको विषम परिस्थितीका बाबजुद पनि आफूहरु क्रिकेटको शाखलाई बचाई राख्न विद्यालय स्तरिय प्रतियोगिता आयोजना गर्न लागिरहेको बताए । उनले भने–“बर्तमान समयमा क्रिकेटले छलाङ मारेको अवस्था छ र धेरै यूवाहरु क्रिकेट प्रती आर्कषित पनि छन, त्यसका लागि यो राम्रो ‘प्लेटफर्म’ हुन सक्छ ।”

पोखरामा क्रिकेट सुष्ताएको अवस्थामा पिपिएलको आयोजनाले पनि धेरै माथी उकासेको बताउँदै अध्यक्ष सिग्देलले शनिबार सम्म १६ विद्यालयहरुले टिम दर्ताका लागि इच्छुक रहेको बताए । संघले सोमबार सम्म टिम दर्ताका लागि आह्वान समेत गरेको छ ।

पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा हुने प्रतियेगितामा विजेताले २५ हजार नगद पाउने छ भने उपविजेताले १५ हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । विधागत रुपमा बेष्ट व्याट्सम्यान, बेष्ट बलर, म्यान अफ दि सिरिज र इमर्जिङ प्लेयर तथा खेलको म्यान अफ दि म्याचको पुरस्कार समेत प्रदान गरिने छ ।

ह्वाई वरी इभेन्ट म्यानेजेमेन्टको व्यवस्थापनमा हुने प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको ह्वाई वरीका निर्देशक विधान श्रेष्ठले बताएका छन । पोखरा महानगरपालिका संरक्षक रहेको उक्त प्रतियोगिताको मुख्य प्रायोजन नेप्लिज ईनकाउन्टर्स एजुकेशनले गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्चलाग्ने कोषाध्यक्ष चन्द्रकुमार गुरुङ (जिम्मी) ले जनाए

पोखरा रंगशाला क्रिकेट मैदान संरक्षणका लागि राष्ट्रिय खेलकुद परिषदबाट १० लाख रुपैयाँ बजेट छुट्टिएको र उक्त बजेटबाट मैदानको लागि अत्यावश्यक पानीको व्यवस्थापन गरिएको क्रिकेट मैदान निर्माण समितिका अध्यक्ष एवं संघका कोषाध्यक्ष गुरुङले बताए । बचत रकमबाटै मैदानको लेभलिङको लागि माटो हालेर सम्याउने काम अघि बढाईएको समेत जनाउँदै गुरुङले मैदानको बाउण्ड्री लाइनलाई ७० मिटर पु¥याउने लक्ष्य सहित काम भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close