पोखरामा अन्तर्राष्ट्रिय टेनिस महाकुम्भ, २७ राष्ट्रका २ सय बढि खेलाडी पोखरा आउँदै

पोखरा, १८ माघ ।
अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा शनिबारदेखि शुरु हुने १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगितामा भाग लिन विभिन्न राष्ट्रका खेलाडीहरु पोखरा आइपुगेका छन् ।

हालसम्म पोखरामा जापान, चीन, भारत, अष्टे«लिया, ताइवान, श्रीलंका लगायतका राष्ट्रहरुबाट झण्डै सयको हाराहारीमा खेलाडीहरु पोखरा आइपुगेका छन् ।

प्रतियोगिताको मुख्य ३२ ‘ड्र’ को खेल सोमबारदेखि शुरु हुँदैछ । त्यसका लागि २७ राष्ट्रका २ सय बढि खेलाडीहरु पोखरा आउने निश्चित भइसकेको प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए ।

पोखरामा उपलब्ध टेनिस कोर्ट अनुसार ३२ को ड्र मा मात्र खेल खेलाउन सकिने भएकाले प्रतियोगितामा भाग लिन चाहेबमोजिमका खेलाडीहरुलाई बोलाउन नसकिएको पनि भुजेलले बताए । ‘हामीसंग थप कोर्ट हुन्थ्यो भने ३ सय बढि खेलाडी पोखरा आउथे’–उनले भने ।

मुख्य ड्र भन्दा खेलाडी संख्या बढि भएकाले माघको १९ र २० गते पूर्वछनौंट खेल खेलाउन लागिएको संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिए । सिंगल र डबल्स गरि दुई इभेण्टमा हुने प्रतियोगितामा विजयी खेलाडीले आइटीएफको २ सय ५० अंक प्राप्त गर्नेछन् ।

पोखरामा आयोजना भएका प्रतियोगिताहरु मध्ये यो अहिले सम्मकै उच्चस्तरको प्रतियोगिता भएकाले यसलाई सफल पार्न पोखरेलीको सहयोग चाहिने संघ कास्कीका अध्यक्ष दोर्जे लामाले बताएका छन् ।

यस्ता प्रतियोगिता पोखरामा खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने संघका उपाध्यक्ष नारायण पहारीको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख ४० हजार खर्च लाग्ने संघ कास्कीको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close