सहारा एकेडेमीको अक्षय कोषका लागि नरेश गुरुङ्ग बाट रकम हस्तान्तरण

पोखरा, १७ माघ ।
सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीको अक्षय कोषका लागि सहारा यूकेका सदस्य एवं तमुधि यूकेका कार्य समिती सदस्य पोखरा–१३ विजयपुर डि गाउँ निवासी नरेश गुरुङले ५० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका छन ।

हाल बेलायत स्थित क्यामबरली सरलीमा बस्दै आएका समाजसेबी गुरुङले उक्त रकम क्लबका अध्यक्ष केशबबहादुर थापालाई हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरण कार्यक्रममा सहारा क्लब पोखराका निर्वतमान अध्यक्ष एवं सल्लाहकार सभापती बीरभद्र आचार्य, तमुधी यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ्ग, क्लबका महासचिव विश्वराज वराल लगाएतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close