पोखरा कप : विदेशी टिम हाबी हुँदा च्यासल पराजित, बिहिबारको खेल रद्ध

पोखरा, १६ माघ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की द्वारा आयोजित छैटौं मनकामना केबलकार पोखरा कपको दोश्रो दिनको खेलमा क्यामरुनको डफिन्स क्लब १–० गोलले बिजयी भएको छ ।

यूबा खेलाडीले भरिएको च्यासल यूथ क्लब र पोखरामा पहिलो पटक खेलेको क्यामरुनको डफिन्स क्लब बिचको पहिलो हाफको १० मिनेटमा नै गोल गर्दै च्यासललाई दबाबमा राखेको थियो ।

करिब २० याड टाढा बाट डफिन्सका खेलाडी एक्यीनले हानेको फ्रि किकलाई डि बक्स भित्र बाट यानिकले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिएका थिए । च्यासलका भन्दा फिजिकली फिट डफिन्सका खेलाडीले देखिएपनि २४ औं मिनेटमा च्यासलका विदेशी खेलाडी एल्भिसको डि एरिया बाहिर बाट हानेको प्रहारलाई डफिन्सका किपर प्रिसोले मुस्किलले जोगाए ।

यसै गरि च्यासलका अर्का विदेशी खेलाडी भिक्टोर एमोबीले खेलको ३५ औं मिनेटमा हानेको प्रहरा डफिन्सका जामा यानिकले गोललाइन बाट जोगाउँदा च्यासल गोल बिहिन हुन पु्ग्यो ।

बिहिबारको खेल रद्ध
मनकामना केबुलकार पोखरा कप अन्र्तगत बिहिबारको खेल रद्ध गरिएको एन्फा कास्कीले जनाएको छ । हाल इटहरीमा मदन भण्डारी गोल्ड कप सञ्चालन भइरहेको र पोखरा आउने टिमको टुँगो नलाग्दा बिहिबारको खेल रद्ध हुन पुगेको हो । बिहबिार पोखरामा आउने कुन-कुन टिम हो भन्ने बारे आयोजकनै अनभिज्ञ थियो ।

अखिल नेपाल फुटबल संघ केन्द्रले देशभर आयोजना हुने गोल्डकपका मितीहरु प्रायः एकै समयमा दिंदा यस्तो अवस्था आएको बताइन्छ । एन्फाले एकै समयमा धेरै ठाउँमा आयोजनाका मिती दिएको र फुटबल आयोजना गर्नेले न त टाईशिट बनाएका छन न त सहभागिता जनाउने टिमको नै घोषणा गर्न सकेका छन । हचुवाको भरमा आयोजना भइरहेका यस्ता प्रतियोगिताहरु फुटबल बिकासका लागि भनिएपनि जुवाखाल जस्तो भान भइरहेको नाम नबताउने शर्तमा एक फुटबल विश्लेषकले बताए ।

“एकातिर हार्ने , अर्को ठाउँ जाने अनि ज जस्को हार जित हुन्छ त्यस्तै प्रकारले अर्को ठाउँको खेल्ने टिमको घोषणा गरिन्छ, कुन ‘बि’ क्लब कुन ‘ए’ क्लब त्यस्को खासै चासो समेत छैन” उनले भने -“खेले खेल, नखेले, नखेलको पारामा नेपालका गोल्ड कप भइरहेका छन, जसका कारण आयोजकलाई मात्रै घाटा नभई दर्शक समेत उत्कृष्ट खेलको मनोरंजन लिन बाट बञ्चित भएका छन, यसलाई एन्फाले समयमा नै सुर्धान आवश्यक छ” उनको भनाई थियो ।

शुक्रबारको खेल आयोजक पोखरा ११ र ब्रिगेड ब्याइज क्लबका बिच हुनेभएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close