ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल : नेपाल पुलिसको दोहोरो जित

काठमाडौं १३ माघ ।
विभागीय टिम नेपाल पुलिसले रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आईतवार दोहारो जित निकालेको छ ।

पहिलो खेलमा पुलिसले पश्चिमाञ्चल खेबिसलाई २४–२६,२५–१२,२५–२० र २५–१२ को सेटमा हराउदा दोश्रो खेलमा चितवन टाईग्रेसलाई २५–१०,२५–१२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । प्रतियोगितामा अपराजित रहेको पुलिसले ७ खेलबाट २१ अंक जोड्दै अग्रता लिएको हो ।

प्रतियोगिताको दावेदार अर्को बिभागिय टिम एपीएफले महिला भलिबलको कान्छो बिभागिय टिम आर्मीलाई २५–१९,२५–११ र २५–१८ को सोझो सेटमा हरायो । पुलिस भन्दा १ खेल कम खेलेको एपीएफले अपराजित रहदै ६ खेलबाट १८ अंकका साथ दोश्रो स्थानमा रहेको छ । आर्मीले ७ खेलबाट १५ अंकका जोड्दौ तेश्रो स्थानमा छ ।

सामाखुसी बोडिङ स्कुल (सेब) ८ खेलबाट ११ अंक जोडेको छ । पश्मिाञ्चल खेबिसले ५ खेलबाट १० अंक बनाएको छ । श्रीगाउँले ७ खेलबाट ९ अंक बनाएको छ । चितवन टाईग्रेसले आयोजक ढोरपाटनलाई २५–१५,२५–७ र २५–१२ को सोझो सेटमा हराए पछि ७ खेलबाट ७ अंक जोड्न सफल भएको छ ।

डबल लिगमा ९ टिमको सहभागिता रहेकोमा ३ अंकका साथ थाहानगर पालिका र सुन्य अंकबाट आयोजक ढोरपाटन पहिलो चरणको लिगबाट बाहिरीएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close