एनभीए अवार्डमा सरस्वती र धनबहादुर उत्कृष्ट

पोखरा, ११ माघ ।
काठमाडौं । एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल भलिबल संघले शुक्रबार आयोजना गरेको एनभीए अवार्डमा सरस्वती महिला र धनबहादुर पुरुषतर्फ उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनीहरु दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा एपीएफका विनोदबहादुर चन्द उदयीमान खेलाडी घोषित भए । उनीहरुले पनि जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षक विधामा एपीएफका ज्ञानेन्द्र विष्ट महिलातर्फ र आर्मीका कपिलकिशोर श्रेष्ठ पुरषतर्फ उत्कृष्ट ठहरिए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी उत्कृष्ट टोली घोषित भयो । उत्कृष्ट टोलीले जनही एक लाख रुपैयाँ प्राप्त ग¥यो । कार्यक्रममा पूर्व राष्ट्रिय टिमका कप्तानद्धय भरत शाह र अञ्जु श्रेष्ठलाई पनि जनही २५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा कान्तिपुर टेलिभिजनका प्रदीप लेखीलाई पनि नगद २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो । खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिमिल्सिनाले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close