बगर भाइ खलक एट ए साइड क्वाटरफाइनलका समिकरण पुरा, फाइनल खेल शनिबार हुने

पोखरा, ११ माघ ।
पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा आयोजित “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता” अन्र्तगत शुक्रबार बाट क्वाटरफाइनलका समिकरण पुरा भएका छन ।

प्रतियोगिता अन्र्तगत एबिसी पोखरा, चावहिल काठमाण्डौ, कोलकत्ता भेट्रान र एक्स पोखरा भेट्रान सेमी फाइनलमा प्रवेश गरेका छन ।

सम्पन्न खेलमा एविसी पोखराले बुटवल भेट्रानलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै चावहिल काठमाण्डौ संग सेमीफाइनलमा भेछ पक्का गरेको छ । निधारित समयमा २–२ गोल भए पछि खेलको नतिजा पेनाल्टी शुटआउटमा पुगेको थियो ।

यसै गरि चावहलि काठमाण्डौले काठमाण्डौको फोर्टी फाउण्डेशनलाई ४–१ गोलले पाखा लगाएर सेमीफाइनलको यात्रा तय गरेको हो । भने एन.वाईपी काठमाण्डौको यात्रलाई भने विदेशी पाहुना टोली कोलकत्ता भेट्रानले टाइ ब्रेकरमानै रोक्न सफल भयो । निर्धारित समयमा यि दुबैका तर्फ बाट कुनै गोल हुन सकेको थिएन । कोलकत्ताले एक्स पोखरा भेट्रान संग सेमी फाइनलमा खेल्ने छ । एक्स पोखराले नवलपुरको अभिषेक चर्चलाई १–० गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

सेमी फाइनलका खेलहरु शनिवार बिहान र फाइनल खेल दिउसो २ बजे शुरु हुने प्राविधिक समितीका संयोजक खगेन्द्र गुरुङले बताए ।

“स्वास्थ्यको लागि एक घण्टा ब्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान फुटबल प्रतियोगीता संचालन गर्दै आइरहेको उक्त प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको छ । नेपालमा नै पहिलो पटक व्यबस्थित रुपमा भेट्रान फुटबल आयोजना गर्ने बगर भाइ खलक पहिलो संस्था रहेको अध्यक्ष दिल बहादुर गुरुङले बताएका छन ।

यहि माघ १२ गते सम्म नक आउटका आधारमा संचालन भइरहेको प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउने संस्थाका महासचिब याम गुरुङले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close