गण्डकी प्रदेश स्तरिय तेक्वान्दो शुरु, “प्रदेशमा खेलकुदको बिकास हाम्रो लक्ष्य”, मन्त्रि गुरुङ

पोखरा, ११ माघ ।
हिमालयन कम्पुयुटर गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता पोखरामा शुक्रबारबाट शुरु भएको छ ।

दुई दिने प्रतियोगिताको उद्घाटन गर्दै, गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले प्रदेश सरकारले खेलकुद बिकासलाई गति दिन लागिपरेको बताएका छन । प्रदेशमा खेलकुद एकेडमीको स्थापना गर्नका लागि बजेट समेत विनियोजन गरि प्रदेश सरकारले काम थालिसकेको बताउँदै भने–“खेलकुद र खेलाडीले विशेष दुतको रुपमा काम गर्ने भएकोले पनि यसको महत्व बढ्दै गएको हो ।”

खेलकुदले विश्वमा भाइचारको सम्वन्ध स्थापित गर्न र एक व्यक्ति मात्रै नभई विश्वलाई नै अनुशासनको मार्गमा अगाडी बढ्न खेलकुद शसक्त माध्यम रहेको बताउदै मन्त्रि गुरुङले खेलकुदको महत्वलाई जिवन्त राख्न नयाँ प्रविधीहरु भित्रायाउन पनि उत्तिकै आवश्यक्ता रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय एरिनामा विगतको शाख जोगाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै भएका गल्ति कमजोरीहरु पहिल्यान आवश्यक रहेको बताए ।

नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्सेर राणा, प्रदेश उपाध्यक्ष निर्मला बराल लगाएतले तेक्वान्दो खेलको महत्वका बारेमा प्रकाश पारेका थिए ।

दुई दिन सम्म चल्ने उक्त प्रतियोगितामा ६ जिल्लाका करिब ७० जना महिला तथा पुरुष खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिष्प्रर्धा गर्ने भएको प्रतियोगिता संयोजक कुलचन्द्र शर्माले जानकारी दिएका छन ।

प्रतियोगितामा उत्कृष्ट फाईटर महिला तथा पुरुषलाइ जनहि १० हजार पुरस्कार प्रदान गरिने छ भने अन्य विजेताहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close