कास्कीको धम्पुस र युकेको बेक्रन शहर बिच मैत्री सम्वन्ध गासिने, खेलकुद, शिक्षा, कृषी, संस्कृती र पर्यटनको विकासमा टेवा पुग्ने

पोखरा, ९ माघ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ७ को धम्पुस र युकेको ब्रेकन शहर बिच दौत्य सम्बन्ध गाँसिने भएको छ ।

सो दौत्य सम्वन्ध अगाडी बढाउन धम्पुस निवासी (हाल यूके) बेलायती सेनाका मेजर (री) खुसीमान गुरुङ यम.भी.ओ.ले भूमिका खेलेका हुन । धम्पुस र ब्रेकन शहर बिच दौत्य सम्वन्ध अगाडी बढाउन गुरुङ संयोजक समेत हुन ।

सो दौत्य सम्बन्ध अगाडी बढाउन माछापुच्छ«े गाउँपालिकाले स्विकृती प्रदान गरिसकेको र दौत्य सम्वन्ध प्रक्रियाका लागि वेलायत स्थित नेपाली राजदुताबासले समेत संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र अन्य निकायमा पत्राचार गरिसकेको संयोजक गुरुङले जानकारी दिएका छन ।

दौत्य सम्वन्धलाई पूर्णरुपमा अगाडी बढाउन बेक्रन शहरका मेयर लगाएत २२ जना उक्त शहरका सभासदहरु र यूकेमा कर्मथलो बनाएर बसेका करिब २० जना धम्पुस निवासीहरुको एक टोली यहि माघ २४–२६ सम्म नेपाल आइपुग्ने संयोजक गुरुङले बताएका छन ।

कार्यक्रम अनुसार, यहि माघ २७ गते धम्पुसमा आयोजना गरिने एक भब्य समारोहमा दौत्य सम्बन्धका लागि हस्ताक्षर गरिने कार्यक्रम रहेको छ । ब्रेकन शहरको टोलीले विभिन्न संघिय मन्त्रालयका मन्त्रिहरु संग र गण्डकी प्रदेशका मुख्य मन्त्रि संग भेटघाट तथा छलफल समेत गर्ने भएको छ ।

यो दौत्य सम्बन्धले धम्पुस लगाउत नेपालको खेलकुद, शिक्षा, कृषी, संस्कृती र पर्यटन क्षेत्रको बिकासमा अहम भूमिका खेल्ने संयोजक गुरुङले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close