विद्यालय स्तरीय छात्रछात्रा भलिवल शुरु, खेलबाट पनि समृद्धि सम्भव–अध्यक्ष तिमिल्सिना

पोखरा,९ माघ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले खेलबाट पनि समृद्धि सम्भव भएको बताएका छन ।

कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा बुधबार देखि शुरु कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय सृजना छात्रछात्रा भलिवल प्रतियोगताको उद्घाटन गर्दै उनले विश्वका विभिन्न राष्ट्र खेलका माध्यमबाट समृद्धि हासिल हुने बताएका हुन ।

खेलबाटै राष्ट्रको विशिष्ट पहिचान समेत बनाउन सकिनेमा जोड दिंदै उनले सरकारले व्यवसायिक खेलाडी उत्पादन गर्न यस क्षेत्रमा उचित लगानी गर्नुपर्ने बताए । खेलपर्यटनको विकासका लागि सरकारले योजना अगाडि वढाई सकेको उल्लेख गर्दै उनले यस किसिमका प्रतियोगिताले खेलको समग्र विकासमा टेवा पु¥याउनेमा जोड दिए ।

प्रतियोगिताबाट उत्कृष्ट बनेका खेलाडीलाई प्रोत्साहित गर्दै व्यवसायिक खेलाडीकारुपमा तयार गर्नु आवश्यक रहेको औल्याउँदै अध्यक्ष तिमिल्सिनाले खेलबाटै जीवनयापन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश सभा सदस्य दिपक कोइरालले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै ५० हजार दर्शक अट्ने किसिमले निर्माण हुनुपर्नेमा जोड दिएका छन ।

राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङले संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेल क्षेत्रको विकास गर्नुपर्ने बताए ।

उक्त अवसरमा खेल क्षेत्रमा विभिन्न तवरबाट योगदान गर्ने सृजना विकास केन्द्रका उपाध्यक्ष उवम संचारकर्मी इन्द्रप्रसाद पौडेल, राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठ र पश्चिमाञ्चल भलिबल संघका क्षेत्रिय संस्थापक अध्यक्ष श्रीभक्त गुरुङलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन छात्रतर्फ ८ र छात्रातर्फ ४ खेल सम्पन्न भएका हुन् । छात्रा तर्फको खेलमा जित हात पार्दै बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनल प्रवेश गरेका छन् ।

बाल मन्दिर माविले महेन्द्र माविलाई २२–२५, २५–१९ र २५–२० को सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा सुरक्षित गरेको हो । त्यस्तै अर्को खेलमा छोरेपाटन माविले सिद्ध बराह माविलाई २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा पुग्यो ।

अर्को खेलमा जनप्रिय माविले कालिका माविलाई २५–७ र २५–६ को सोझो सेटमा तथा तालवाराही माविले गौरीशंकर माविलाई २७–२५ र २५–१४ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे ।

छात्रतर्फको खेलमा शारदा माविले सृजना बहिरा आवासीय माविलाई २५–१३ र २५–४ को सोझो सेटमा, बिरेठाँटी माविले ईन्द्र राज्यलक्ष्मी माविलाई १६–२५, २५–१९ र २५–१६ को सेटमा पराजित गर्दै बिजयी भए । यसैगरी शिवशक्ति माविले शान्ता माविलाई २५–१४ र २५–१८ को सोझो सेटमा, महेन्द्र माविले अम्विका माविलाई २५–१६ र २५–१९ को सोझो सेटमा पराजित गर्दै बिजयी भयो ।

त्यस्तै अन्य खेलहरुमा राष्ट्रिय माविले तालवाराही माविलाई २५–१३ र २५–१३ को सोझो सेटमा, सिद्ध बराह माविले शुक्ला गण्डकी माविलाई २५–२१ र २५–१५ को सेटमा, गौरीशंकर माविले जनप्रकाश माविलाई २५–२२ र २५–२१ तथा बहादुरे माविले बाल मन्दिर माविलाई २५–२२ र २५–१७ को सेटमा पराजित गर्दै बिजयी भयो ।

प्रतियोगिता अन्तर्गत विहीबार छात्रतर्फ ८ र छात्रातर्फ २ खेल हुने भएका छन् । विहीबार छात्रातर्फ शान्ता मावि र जनप्रिय मावि तथा सिद्ध मावि र तालबाराही मावि बिच प्रतिष्पर्धा हुनेछ ।

यसैगरी छात्रतर्फ छोरेपाटन मावि र तालबराही मावि, हिमालय मावि र मेश्रम रबाह मावि, लक्ष्मी मावि र शिवशक्ति मावि, गोगन मावि र महेन्द्र मावि, सिद्ध बराह मावि र शारदा मावि, राष्ट्रिय मावि र गौरीशंकर मावि तथा बहादुरे मावि र भद्रकाली मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close