
बुटवल, ७ माघ ।
स्वास्थ्यका लागी खेलकुुद राष्ट्रका लागी खेलकुुद भन्ने मुुल नारा सहित तामनगर ब्याडमीन्टन क्लबले आयोजना गरेको तेश्रो आउटडोर खुुला पुुरुष तथा भेट्रान ब्याडिमन्टन प्रतीयोगीताको उपाधी पोखरा ब्याडिमन्टन क्लबले जितेको छ।
पोखरा ब्याडमीन्टन क्लबका तर्फबाट बिधान अधिकारी र बिशाल बस्नेतले आयोजक तामनगरलाइ पराजित गरेको हो । जित संगै पोखराले नगद ४० हजार कप मेडल तथा प्रमाण पत्र प्राप्त गरेको हो भने दोश्रो हुुने आयोजक तामनगरका चुुरन थापा र बिनोद पौडेललको जोडीले नगद २५ हजार सहीत कप मेडल र प्रमाण पत्र प्राप्त गरे भने तेश्रो हुुने बुुटवल ब्याडमीन्टन क्लबका बिरेन्द्र बिष्ट र इन्द्र महताको जोडी तथा पोखराका बिशाल खड्का र केवल श्रेष्ठको जोडीले नगद ७ हजार ५ सय कप मेडल तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै भेट्रानतर्फको प्रतियोगितामा गुुल्मीका बालसीङ काउचा र नबराज श्रेष्ठको जोडीेले भेट्रानको उपाधी कब्जा गरेको छ।बिजयी टोलीले नगद १५ हजार कप मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । दोश्रो हुुने मणिग्रामका रामुु केसी र राजकुुमार केसीको जोडीले नगद १० हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन भने तेश्रो हुुने दुुई समुुह गुुल्मी लुुम्पेकका कृष्ण पुुलामी र मन बहादुुर थापाको जोडी र भने नबलपरासीका रुद्र बहादुुर सुुर्यबंसी र धनीराम महतोको जोडीले नगद २५ सय कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन ।
सो प्रतियोगितामा ७० टिमको सहभागीता रहेको थियो। बिजेता खेलाडीहरुलाइ बुुटवल उपमहानगरपालीकाका मेयर शिबराज सुुबेदीले पुुरस्कार प्रदान गर्दै खेलकुदको बिकाशका लागी बुुटवल उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउदै युुवाहरुले अनुुशासीत पुर्बक आपसमा भाइचारा र खेलको माध्यमबाट देशलाइ चिनाउन आग्रह गर्नुुभएको छ।
तामनगर ब्याडिमन्टन क्लबका सचीब जय बहादुुर छन्त्यालको संचालन तथा संस्थाका अध्यक्ष मधुु पुुलामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जगिलाल थापा