विश्व शारीरिक सुगठनमा स्वर्ण पदक विजेता महर्जनलाई पोखरामा सम्मान

पोखरा ६ माघ ।
शारीरिक सुगठन तथा फिजिक स्र्पोटस च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महेश्वर महर्जनलाई पोखरा महोत्सवमा सम्मान गरिएको छ । हालै थाइल्याण्डमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियन शीपमा स्वर्ण पदक ल्याइ नेपाललाई विश्व सामु चिनाउन सफल महर्जनलाई महोत्सव आयोजक युनाइटेड क्लवले नगद सहित सम्मान गरेको हो ।

स्थापना कालदेखी पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणको पहलकदमी गर्दै आएको युनाइटेड क्लवले महर्जनले शारीरिक सुगठन खेल मार्फत विश्व सामु चिनाउन सफल भएको भन्दै क्लवले सम्मान गरेको क्लवका खेलकुद ब्यवस्थापन उपसमिती संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महर्जनले आगामी दिनमा युनिभर्सल शारीरिक सुगठन प्रतियोगितामा भाग लिन जांदा समेत क्लवले सक्दो सहयोग गर्ने गुरुङले वताए ।

सो अवसरमा वोल्दै सम्मानित ब्याक्ति महर्जनले आफु सरकारको कुनै सहयोग बिना आफु मार्फत विश्व सामु चिनाउन सफल हुनुमा विभिन्न ब्याक्ति, संघ सस्था, क्लवहरुको विशेष भुमिका रहेकाले युनाइटेड क्लवको सम्मानले आफुलाई थप उर्जा मिलेको वताउदै आफुले शारीरिक सुगठन प्रतियोगिताबाटै नेपाल आमा र नेपाली भुमिलाई विश्वसामु चिनाएरै छाड्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, महासचिव शान्त बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना, सह कोषाध्यक्ष निर्मला लामिछाने, पूर्ण श्रेष्ठ, जयराम आचार्य, विष्णु कुमार गुरुङ, लगायतका पदाधिकारीहरुले नगद १० हजार, सम्मान पत्र र खादाले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close