सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगिताको उद्घाटन प्रचण्डले गर्ने

पोखरा, २ माघ ।
पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म आयोजना हुने सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘सृजना छात्र–छात्रा भलिवल प्रतियोगिता’को उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गर्ने पक्का भएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता माघ ८ गतेदेखी हुने भएपनि ९ गते औपचारिक कार्यक्रम गरेर पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने उनले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगितामा सहभागिताका लागि माघ ५ गते अपराह्न ५ बजेसम्ममा नाम दर्ता गराईसक्नुपर्ने जनाइएको छ । हालसम्म १८ विद्यालयले नाम दर्ता गरिसकेको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले बताए । पोखरा रंगशालास्थित भलिवल संघको कार्यालय वा सिमलचौरस्थित सृजना विकास केन्द्रको कार्यालयमा नाम दर्ता गर्न सकिने उनले जानकारी दिए ।

दश जोड दुई सम्मका विद्यार्थीले खेल्न पाउने प्रतियोगितामा छात्र तथा छात्रा दुबैमा ५०÷५० विद्यालयले सहभागिता जनाउने आयोजकको दाबी छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघले जनाएको छ । प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागि सबै टिमलाई तयारीका लागि ५÷५ हजार प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close