
पोखरा, २ माघ ।
पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा जारी “दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता–२०७५” को दोश्रो दिन जारी खेल बाट कर्णाली र सुदुरपश्चिम बाहिरिएका छन ।
अपेक्षित रुपमा राम्रो प्रर्दशन गर्न नसकेका यि दुई टिम बुधबार सम्पन्न खेलहरुमा सुदुर पश्चिम लगातार दुई खेलमा पराजित हुँदै बाहिरिएको हो भने कर्णाली प्रदेश समेत पराजय बाट अछुतो हुन सकेन ।
सम्पन्न खेलमा सुदुर पश्चिमले प्रदेश नं १ संगको खेलमा कडा टक्कर दिए पनि ३–२ सेटले प्रदेश नं १ लाई खेल सुम्पिन बाध्य भयो । प्रदेश नं १ ले २५–१३, १५–२५, १७–२५, २५–२२ र १५–११ को अंकले खेल जितेको थियो । क्वाटर फाइनलमा प्रदेश नं १ ले प्रदेश ३ संग आफ्ने भेट पक्का गरेको छ ।
यसै गरि दोश्रो खेलमा प्रदेश नं २ ले कर्णाली प्रदेश संग सहज जित निकाल्यो । प्रदेश नं २ ले कर्णाली प्रदेश संगको खेल २५–२३, १०–२५, २५–१० र २५–१६ ले जितेर क्वाटर फाइनलमा स्थान पक्का ग¥यो । प्रदेश २ ले क्वाटर फाइनलमा नेपाल पुलिस संग खेल्ने छ ।
बुधवार सम्पन्न तेश्रो खेलमा एपिएफ क्लबको शसस्त्र प्रहरीले सुदुर पश्चिम संग सहज जित निकाल्दै नेपाल आर्मी संग क्वाटर फइनलमा भिड्ने भएको छ । शसस्त्र प्रहरी संगको खेलमा सुदुर पश्चिम निरिहनै बन्यो । शसस्त्र प्रहरीले र सुदुर पश्चिमलाई २५–४, २५–७ र २५–३ को अंकले पराजित गरेको हो । खेलमा शसस्त्रले सुदुर पश्चिमलाई डबल डिजिट अंक जोड्ने समयनै दिएन ।
त्यसै गरि सम्पन्न अर्को खेलमा प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै आयोजक गण्डकी संग क्वाटर फाइनलमा भिड्ने भएको छ । सम्पन्न खेलमा कर्णाली २५–११, २५–१५ र २५–१० को अंकले प्रदेश नं ५ लाई खेल सुम्पिन वाध्य भयो ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा संचालन भइरहेको प्रतियोगितामा विजेता टिमले अहिले सम्मकै सर्वाधिक पुरुस्कार राशी प्रथमले नगद रु.३ लाख ५० हजार, दोश्रोले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथोले सान्त्वना स्वरुप रु. ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिब्रो, वेष्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले बताएका छन ।