
काठमाडौं, ३० पुष ।
प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी राखेप तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ ।
कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्यांकन, प्रतियोगिता व्यवस्थापन लगायतका विविध पक्षका बारे जानकारी गराएका थिए ।
दुईदिने कार्यशालामा सहभागीहरुलाई आयोजक विभागका निर्देशक रिमबहादुर रानाभाट, प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका सचिव इन्द्र कार्कीले प्रमाण पत्र, ट्रयाकसुट र ब्याग प्रदान गरेका थिए । कार्यशालमा विभिन्न खेलका २१ मुख्य प्रशिक्षक र ८ सहायक मुख्य प्रशिक्षकको सहभागिता थियो ।
समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक एवं ब्याडमिन्टनका पूर्व मुख्य प्रशिक्षक स्व. दिलेन्द्रवीर पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशालाको समापनका अवसरमा एक मिनेट मौन धारण गरी पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
8th National game hune chai kaile ho thykkai…kati meeting, seminar,training ufffffff