माघ १ गते बाट महिला तथा पुरुष खुल्ला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु हुने

पोखरा, ३० पुष ।
नेपाल ह्याण्डबल संघको आयोजनामा माघ १–३ गते सम्म काठमाडौ कपन स्थित ह्याण्डबल खेल मैदानमा “महिला तथा पुरुष खुल्ला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता–२०७५” हुने भएको छ ।

नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक राम कृष्ण केसीका अनुसार प्रतियोगितामा महिला  र पुरुष तर्फ गरि कुल ६ टिमको सहभागिता रहने छ । प्रतियोगितामा महिला तर्फ प्रदेश नं ३, नेपाली सेना र शसस्त्र प्रहरीले टिम दर्ता गराएका छन भने पुरुष तर्फ प्रदेश नं ३  नेपाली सेना र शसस्त्र प्रहरीले टिम दर्ता गराएको व. उपाध्यक्ष केसीले बताए ।

लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा प्रथम, द्वितिय हुने टिमलाई क्रमश नगद रु २० र १५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका उपाध्यक्ष एवम आर्थिक संयोजक राजन पोखरेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने उपाध्यक्ष पोखरेलले बताए ।

फायल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close