८ औं राष्ट्रिय खेलकुद व्यवस्थापन गर्न अन्तक्रिया

काठमाडौ, ३० पुष ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागले विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई समावेश गराइ अन्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

मुख्यतः प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सुरु गरिएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशालाको तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले आइतबार एक कार्यक्रमबीच सातदोबाटोमा उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक रानाभाटले आठौं राष्ट्रिय खेलकुदका साथै अन्य प्रतियोगितालाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन तालिम आयोजना गरिएको बताए । उनले ठोस् योजना साथ खेलकुदको विकासमा अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए ।

कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्यांकन, प्रतियोगिता व्यवस्थापनलगायतका विषयमा जानकारी दिने छन् ।

अन्तक्रियाको अन्तिम दिन सोमबार आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका सचिव इन्द्र कार्कीले आठौं राष्ट्रियको तयारीलगायतका विषयमा प्रकाश पार्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close