ल्होछार कप पोखरा ओपन टेनिसमा विकास, नविन, राजन र धर्म सेमिमा

पोखरा, २९ पुस ।
लामा ब्रदर्श पोखराको आयोजनामा लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा जारी ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगितामा विकास गुरुङ्ग, नविन चालिसे, राजन पौडेल र धरम लामिछाने सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार सम्पन्न क्वाटरफाइनल खेलमा विकास गुरुङ्गले हुम आलेलाई ६–३, ६–२ ले पराजित गरे भने प्रतियोगिताकै दावेदार मानिएका गोपीबहादुर भट्टराईलाई ७–६, १–६ र सुपरटाईमा १०–७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । अमृत कार्कीले वाक ओभर दिएपछि राजन पौडेलले अन्तिम चारमा स्थान बनाए भने धरम लामिछानेले जर्मनका थोमसलाई ७–६, ६–१ ले पराजित गरे ।

सोमबार विहान हुने सेमिफाइनलमा विकास र नविन तथा धरम र राजनविच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक वीरेन्द्र लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close